सन् २०३० को अन्त्यसम्म दिगो विकासकाे लक्ष्य भेट्टाउँछौँ : परराष्ट्रमन्त्री – Satabdi News

सन् २०३० को अन्त्यसम्म दिगो विकासकाे लक्ष्य भेट्टाउँछौँ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । 

काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने बताए ।  नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहे पनि सन २०३० को अन्त्यसम्म दिगो विकासका लक्ष्य भेट्टाउने दृढता व्यक्त गरे ।

नेपालमा विकास अनुसन्धान प्रतिष्ठानजस्ता संस्थाहररुले नेपालको विकासको सम्भावना र चुनौती पहिल्याउन, सुझाब दिन, नीति–निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने पनि बताए ।  नेपालको विकासमा अध्ययन–अनुसन्धानको ठूलो महत्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अडचन फुकाउन पनि यस्ता संस्था सहयोगी हुने बताए ।

नेपालले २००४ मा स्थापना गरेको विकास अनुसन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई संस्थागत संरचनामा गोलबन्द गरी विकास निर्माण, योजना तर्जुमा, जलवायु परिवर्तन, गरिबी निवारण, प्राकृतिक विपत्ति न्यूनीकरणजस्ता क्षेत्रमा नीतिगत सुझाब दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सन् २०३० को अन्त्यसम्म दिगो विकासकाे लक्ष्य भेट..." A few seconds ago

सम्बन्धित खवर