पुस्तक समीक्षाः हरर कविता भित्रको मनोविज्ञान

अन्वेश राई थुलुङ्ग मानिस किन न्यायको सपना देख्न खोज्छ ? बाल्यकालमा मैले हेर्ने फिल्मका हिरोहरु समाजका ‘भिलेन’ हरु सँग संघर्ष गथ्र्यो । ‘लास्ट फाइट’सँगै भिलेन रहित समाजको निर्माण गथ्र्यो । आफु मरेपनि भिलेन रहित समाजको निर्माण गरेरै मथ्र्यो । यद्यपी, वर्षौँसम्म मैले हेर्ने गरेका फिल्म र वास्तविक जीवनबिच भिन्नताहरु पाइरहेँ

गजल “राम्रै लाग्छ रे म उसलाई !”

लक्ष्मी प्रसाद चँम्लागाई         के माग्न हो या कस्तो माग्न, मन्दिर धाएकी छौ !! के को लागि हो या कस्को लागी, चिटिक्क भएकी छौ!! देख्दिन थे सधै यती, सजिएकी त तिमी.. के झोक चल्यो रातै सारी, रातै टीका लाएकी छौ !! राम्रै खबर मिल्यो या, सान्त्वना स्वरूप

कविता “मृत परदेशीको आवाज”

अनिल कोइराला तिम्रा कुर्कुच्चासरी फाटेका सपना र तिम्रो सारीको उडेको रंग बोकेर म परदेश छिरेँथे आमा तिम्रो हाँसो र प्रियाका आँसु सुम्सुम्याउने हातहरूलाई थन्काएर हरियो झोलाभित्र । आमा ! विदाइमा मैले हल्लाइरहेको हात मेरो होइन बाजेले गरिबीको उपहारमा दिएको तमसुकको हो । यो मैले खसाइरहेको आँसु मेरो होइन घरको कच्ची

कबिता “मेरो आफन्त आकाश”

लक्ष्मी प्रसाद चँम्लागाई म आकाश लाई हेरिरहन्थे बिहान उठेपछि अनि, साझ परेपछी लाग्थ्यो, आकाश मेरो आफ्नै पर्छ । आँखा खोल्न आकाश अनि, बन्द गर्न आकाश कस्तो जादु छ उसको, जो कसैले छेक्न सक्तैन बिहानै हेर्छु, तातो किरणको उज्यालो अनि, मध्य रात चिसो किरणको लाग्छ, आकाश मेरो आफ्नै पर्छ । चम्किला

कबिता “नाङ्गै भएछौं !”

केरुङ हाङ्सेम एक साँझ, लिम्बुवान गाउँमा एक हुल अपरिचित पाहुनाहरु आए । उनिहरु नाङ्गै थिए , हातमा वेद,मनुस्मृति, गायत्री मन्त्र र महाभारत बोकेका थिए । बास माग्यो, बास दियुङ खाना माग्यो, अन्न दियुङ लुगा माग्यो ,लुगा दियुङ बस्ने घर माग्यो,घर दियुङ गरि खाने माटो माग्यो,माटो दियुङ राज्य माग्यो , राज्य

कविता “आजकाल मलाई जँडिया भन्छ्न !”

प्रदिप योङहाङ लिम्बू अलैंचीको भारी बोकेर फुङ्लिङ् तिर उकालो जाँदै गर्दा, खुब प्यास लागेको थियो देउलिङ्गे पुग्दा। यसो प्यास मेट्न एउटा भट्टी पसलमा छिरेँ र मगाएँ, एक बटुक्का छिप्पेको जाँड। छिप्पेको घाम छिप्पेको प्यास छिप्पेको जाँड छिप्पेको म र छिप्पेको जाँड ल्याउने छिप्पेको सोल्टिनी आहा! क्या मिलेको। सँधै स्वाट्ट पर्दा

आदिवासी परिचय…!!

बिमन किराती डियर आप्रवासी मित्र हुन त तिमी सगै मिल्छ मेरो पनि जिकिर तिमीसगै मिल्छ मेरो पनि हुलीया हो तिम्रो जस्तै चल्छ मुटु पनि बग्छ तिम्रो जस्तै रगत तिमीसगै मिल्छ मेरो पनि शरीर। तिमीलाई जतिनै मलाई पनि राम्रो थाहा छ मान्छेको जात मान्छे नै हो। मान्छेको भाषा मान्छे नै हो।

“अघि बढ मित्र म तिम्रो कवज बनौला”

सुनिल थुलुङ राई (सुमित) मित्र तिमि विर देखिन्छाैँ राजा नैँ बन तिमि भन्छौँ म सेना प्रजा देखिन्छु तिम्रो अस्त्र नै बनुला .. मित्र तिमि चतुर देखिन्छौँ कोहिलि नैँ बन म लाटो नैँ देखिन्छु म काग नै बनि तिम्रो रक्षा गरूला.. मित्र तिमि अगाडि वड अर्जुन, भिम भई मित्र म अद्रिष्य

गजल

बिमन किराती सरकार नै अधम बनि पस्यो चेपाङ बस्तीमा। बर्बरताको पहिरो बनि खस्यो चेपाङ बस्तीमा। धेरै लेख्न सकिन्छ फूल र प्रेम आसक्ति कथा, लेख्यौ?सरकारले सॉप बनि डस्यो चेपाङ बस्तीमा। अख़्तियारी लिनेहरू डॉकु बन्न उद्धत छ यो समय, सुनेन चित्कार दैवले कलिले कस्यो चेपाङ बस्तीमा। रक्षक नै भक्षक भए पछि कस्को