गजल – Satabdi News

गजल

बिमन किराती

सरकार नै अधम बनि पस्यो चेपाङ बस्तीमा।
बर्बरताको पहिरो बनि खस्यो चेपाङ बस्तीमा।

धेरै लेख्न सकिन्छ फूल र प्रेम आसक्ति कथा,
लेख्यौ?सरकारले सॉप बनि डस्यो चेपाङ बस्तीमा।

अख़्तियारी लिनेहरू डॉकु बन्न उद्धत छ यो समय,
सुनेन चित्कार दैवले कलिले कस्यो चेपाङ बस्तीमा।

रक्षक नै भक्षक भए पछि कस्को के लाग्छ र यहॉ,
दाग देशको निधारमा घाउ बस्यो चेपाङ बस्तीमा।

(किराती कवि: हाल जापानमा हुनु हुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गजल" A few seconds ago

सम्बन्धित खवर