लक्ष्मी प्रसाद चँम्लागाई
म आकाश लाई हेरिरहन्थे
बिहान उठेपछि अनि, साझ परेपछी
लाग्थ्यो, आकाश मेरो आफ्नै पर्छ ।
आँखा खोल्न आकाश
अनि, बन्द गर्न आकाश
कस्तो जादु छ उसको, जो कसैले छेक्न सक्तैन
बिहानै हेर्छु, तातो किरणको उज्यालो
अनि, मध्य रात चिसो किरणको
लाग्छ, आकाश मेरो आफ्नै पर्छ ।
चम्किला हिमाल टल्काउछ अनि
घरीघरी उसैलाई नुहाउने गर्छ
उ खुसीले आँसु झरेको हो या, उ(आकाश) रुदैछ ?
मेरै कुलोमा अन्न फलाउनु मलाइ पानी दिन्छ
घरीघरी म सोध्ने गर्छु, म तेरो को पर्छु ?
तर मलाइ लाग्छ, आकाश मेरो आफ्नै पर्छ ।
पृथ्वी नै हरियो बनाउछ त कहिले सुख्खा
प्रतेक तस्बिर हेर्छु, म आकाश लाई देख्छु
तर, अगाडि कहिले देख्दिन
बोलेको सुन्छु र झस्किन्छु म
तर, मैले बोलाउन खोज्दा उ मौन बसिदिन्छ
अबत लाग्छ, आकाश र मेरो केही सम्बन्ध छ।
उ भन्दा पहिला म उठ्छु भन्छु
तर, उ नै मलाई उठाउन आउँछ
लाग्छ,उ(आकाश) म बिना अधुरो हुन्छ र
म, उ बिना एक्लो हुन्छु ।
पहिला देखि नै म हरेक बिहान
उसलाई हेर्छु, र उस्ले मलाइ हेरिरहेको जस्तो देख्छु
अब त येस्तो लाग्छ
कि ,आकाश मेरो आफ्नै पर्छ
र, म आकास को…