मनाङ्गे आफैंले खोले पोल !

१६ पोखरा, वैशाख । मन्त्रीको सपथ लिएपछि मनाङ्गेले बुधबार प्रदेशसभामा अनुपस्थित हुनुको राज खुलाएका छन् । मनाङ्गेेको भोट नपाउने सम्भावना भएपछि मुख्यमन्त्री गुरुङले उनलाई आफ्नो पक्षमा भोट नहाल्ने भए अरुलाई पनि नदिन सुझाए । गुरुङसँग कुरा भएको स्वीकार गर्दै उनले भने, कम्प्रइमाज भयो, आउनै पर्दैन भन्ने भयो ।’ स्वतन्त्र सांसदका

साप्ताहिक हाटबजार बन्द गर्ने बेलबारी नगरपालिकाको निर्णय

बैशाख १६, बेलबारी। कोरोनाको संक्रमण बढ्दै गए पछि बेलबारी नगरपालिकाले साप्ताहिक रुपमा लाग्ने सम्पूर्ण हाट बजारहरू बन्द गर्ने निर्णय गरेको छ । उच्च सतर्कता अपनाउनु पर्ने संघीय सरकारको निर्णयसँगै नगरपालिकाले एक सूचना जारी गर्दै नगरभरिका सम्पूर्ण दैनिक तथा साप्ताहिक रुपमा लाग्ने हाट बजार बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख

सुन्दर हिमाली जिल्ला हुम्लाको सिमकोट गाँउपालिकाद्वारा २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

वैशाख १६, हुम्ला । सुन्दर हिमाली जिल्ला हुम्लाको सिमकोट गाँउपालिकाद्वारा आयोजित र इजी लिगल सर्भिस, काठमाडौको सहकार्यमा आयॊजित न्यायिक समितिसँगको २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २ दिने सम्पन्न भएको कार्यक्रमको पहिलो दिनमा जिल्ला अदालत हुम्लाको श्रेस्तादार मदनले जिल्ला अदालत र न्यायिक समितिको बीचको अन्तरसम्बन्ध, अदालती व्यवस्था बिषय

कर्णालीका फ्लोर क्रस गरेका तीन मन्त्रीको  पुनः शपथग्रहण

१५ वैशाख २०७८, बुधबार । फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीनजना मन्त्रीले आज पुनः शपथग्रहण गरेका छन् । एमाले सांसदको हैसियतमा शपथ खाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिह बुढा, भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई कर्णाली प्रदेश

दुई सांसद हराएपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

१५ वैशाख २०७८, बुधबार। गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावउपर मतदान गर्ने बैठकमा दुईजना सांसद हराएपछि खोज्न भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे अनुपस्थित भएका हुन् । दुईमध्ये जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात

नदीजन्य पदार्थ उत्खननमा छुट्टै कानून माग गर्दै सर्वोच्चमा रिट

१५ वैशाख, काठमाडौं । नदीजन्य पदार्थको अवैध उत्खनन र दोहन रोक्न कानूनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वातावरण तथा कानून समाजमा आवद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठसहित ७ वटै प्रदेशका कानून व्यवसायीले प्राकृतिक स्रोत उत्खनन तथा नियन्त्रण कानून माग गर्दै संयुक्त रुपमा रिट दिएका हुन् । रिटमा प्रधानमन्त्री

भारतबाट फर्किनेको न परीक्षण, न व्यवस्थापन

१५ वैशाख, धनगढी । छिमेकी मुलुक भारतमा यतिबेला कोरोना भाइरस संक्रमण भयावह बन्दै गएको छ । भारतमा दैनिक साढे तीन लाखभन्दा बढी संक्रमित हुने गरेको तथ्यांक आइरहेको छ । सोही मुलुकबाट कैलालीसँग सीमा जोडिएको भारतको गौरीफन्टा नाका हुँदै एक हप्तामा ५ हजार ९७ जना नेपाली स्वदेश फर्किए । सुदूरपश्चिमसहित देशका

एक सय  २० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय : रेशम चौधरीको मुद्दा फिर्ता हुन नसक्ने

१५ वैशाख २०७८, बुधबार । सरकारले जनता समाजवादी पार्टीको मागबमोजिम मधेस आन्दोलनका क्रममा पक्राउ परेका एक सय  २० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले त्यस्तो जानकारी गराएका हुन् । उनका अनुसार नेपाल सरकार वादी

गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण

१५ वैशाख, पोखरा । गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । राजिब पाहारी प्रभा कोइराला र मनकुमारी गुरुङ मा संक्रमण पुष्टि भएको हो | नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो । एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको स्रोतले

बेलबारीका सबै क्याम्पस र बिद्यालयहरु बन्द गर्न नगरपालिकाको निर्देशन

१५ वैशाख २०७८, बुधबार मोरंग । विश्व ब्यापी रुपमा फैलिरहेको कोरोनाको महामारीलाई ध्यान राख्दै बेलबारी नगरपालिकामा संचालनमा रहेका सबै क्याम्पस सामुदयिक तथा सस्थागत बिद्यालय हरु CCMC को निर्देशित अनुरुप बन्द गर्ने बेलबारी नगरपालिकाले निर्णय गरेको छ। हाल संचालनमा आइ रहेका बार्षिक परिक्षा , कोचिन कक्षा तथा पठन पाठन आज मिति