सुन्दर हिमाली जिल्ला हुम्लाको सिमकोट गाँउपालिकाद्वारा २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न – Satabdi News

सुन्दर हिमाली जिल्ला हुम्लाको सिमकोट गाँउपालिकाद्वारा २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

वैशाख १६, हुम्ला । सुन्दर हिमाली जिल्ला हुम्लाको सिमकोट गाँउपालिकाद्वारा आयोजित र इजी लिगल सर्भिस, काठमाडौको सहकार्यमा आयॊजित न्यायिक समितिसँगको २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २ दिने सम्पन्न भएको कार्यक्रमको पहिलो दिनमा जिल्ला अदालत हुम्लाको श्रेस्तादार मदनले जिल्ला अदालत र न्यायिक समितिको बीचको अन्तरसम्बन्ध, अदालती व्यवस्था बिषय र जिल्ला अदालत हुम्लाको वैतनिक वकिल राजन चन्दले न्यायिक पहुँचमा वैतनिक वकिलको भुमिका र घरेलु हिंसाको कानुनी व्यवस्थाको बिषयमा विचार प्रस्तुत गरेका थिए ।

अन्तरक्रियाको दोस्रो दिन इजी लिगल सर्भिस, काठमाडौले न्यायिक समितीको अधिकारक्षेत्र, सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेका थिए । न्यायिक समितीको अधिकारक्षेत्र भित्र न्यायिक समितिलार्इ विवादकॊ निरूपण गर्ने अधिकार र विवादमा मेलमिलापकॊ माध्यमबाट मात्र निरूपण गर्ने अधिकार बारे छलफल भएकॊ थियॊ । उक्त अन्तरक्रिया कार्यकममा सिमकोट गाँउपालिका अध्यक्ष पदम बहादुर लामा, उपाध्यक्ष बलि रावत, यसै गाँउपालिका ८ वडाको वडा अध्यक्ष र महिला प्रतिनिधि समेतको सहभागी भएको थियो । यसै दिन हुल्माको २ वटा बालमन्दिर र मानसरॊवर नमूना मा.वि. मा विद्यार्थीहरुको लागि कानूनी साक्षरता कार्यक्रम पनि गरिएको थियो । “कानूनको अज्ञानतामा क्षम्य हुँदैन” भन्ने कानूनी मान्यतालाई मुर्त रुप दिनको लागि विद्यार्थीहरुको लागि सामान्य कानुनी सम्बन्धी साक्षरता कार्यक्रम गरिएको इजी लिगल सर्भिसको व्यवस्थापन उपेन्द्र रावत ज्यूले बताए ।

सिमकोट गाँउपालिकाको उपाध्यक्ष बली रावतले नेपालको संबिधानको धारा २१७ ले आफनो अधिकार क्षेत्र भित्रका विबाद निरुपण गर्न गाउपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समितिको रहने ब्यबस्था गरिएको छ । गाउँपालिका वा नगरपालिकालाई नेपालको संबिधानले दिएको अधिकारलाई कार्यन्वयन लागि कानुनी ब्यबस्था, न्यायिक सम्बन्धमा अन्तरक्रिया गरेको बताए । यस्ता कानुनी कार्यक्रमले सिमकोट गाउँपालिकाका वडा प्रतिनिधि, महिला प्रतिनिधि अन्य सरोकारवला लाभान्वित हुने भएको सिमकोट गाउपालिका अध्यक्ष पदम बहादुर लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुन्दर हिमाली जिल्ला हुम्लाको सिमकोट गाँउपालिका..." A few seconds ago

सम्बन्धित खवर