साप्ताहिक हाटबजार बन्द गर्ने बेलबारी नगरपालिकाको निर्णय – Satabdi News

साप्ताहिक हाटबजार बन्द गर्ने बेलबारी नगरपालिकाको निर्णय

बैशाख १६, बेलबारी। कोरोनाको संक्रमण बढ्दै गए पछि बेलबारी नगरपालिकाले साप्ताहिक रुपमा लाग्ने सम्पूर्ण हाट बजारहरू बन्द गर्ने निर्णय गरेको छ ।

उच्च सतर्कता अपनाउनु पर्ने संघीय सरकारको निर्णयसँगै नगरपालिकाले एक सूचना जारी गर्दै नगरभरिका सम्पूर्ण दैनिक तथा साप्ताहिक रुपमा लाग्ने हाट बजार बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहद्वारा हस्ताक्षरिक सूचनामा  ‘कोरोनाको दोश्रो चरणको महामारी तिव्र रुपमा फैलिरहेको, नेपाल सरकारलेसमेत मोरङ जिल्लालाई अतिसंवेदनशील जिल्लाको सूचिमा राखेको हुनाले आम नगरवासीको स्वास्थ्यमा ख्याल राख्दै मिति २०७८ बैशाख १६ गतेका दिनदेखि लागु हुने गरी अर्को सूचना नआउन्जेलसम्मका लागि साप्ताहिक रुपमा लाग्ने हाट बजारहरू बन्द गर्ने सूचना जारी गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "साप्ताहिक हाटबजार बन्द गर्ने बेलबारी नगरपालिकाक..." A few seconds ago

सम्बन्धित खवर