संखुवासभा हत्या प्रकरणः घटनास्थलमा पुग्यो तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली – Satabdi News

संखुवासभा हत्या प्रकरणः घटनास्थलमा पुग्यो तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली

२१ भाद्र, काठमाडौं । संखुवासभाको मादी नगरपालिका १ को उम्लिङ स्थित तेज बहादुर कार्कीको परिवारमा दुई बच्चा सहित ६ जनाको हत्या गरिएको छ ।

सोमबार बिहान घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको जनाइएको छ ।

तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको सुक्ष्म अनुसन्धान हुने र घटनामा संलग्न र घटनाको वास्तविकता चाडै बाहिर ल्याउने प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

प्रहरीका अनुसार ६ जनालाई धारिलो हतियारले हानेर हत्या गरेको पाइएको छ । ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको जनाइएको छ ।

गाउँको एकान्तमा रहेको उक्त घटनामा परिवारका केही सदस्यको घर भित्र र केहीको शव घर बाहिर फेला परेको छ । परिवारका एक जना वृद्ध सदस्य भने घाइते अवस्थामा छन् । उनी आँखा पनि नदेख्ने र कानपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संखुवासभा हत्या प्रकरणः घटनास्थलमा पुग्यो तालिम..." A few seconds ago

सम्बन्धित खवर