
कोरोनाका जटिल बिरामीमा प्रयोग गरिने औषधि रेम्डेसिभिर नेपालमै उत्पादन गरिने
५ जेठ २०७८, बुधबार। कोरोनाका जटिल बिरामीमा प्रयोग गरिने औषधि रेम्डेसिभिर नेपालमै उत्पादन गरिने भएको छ । उक्त औषधि उत्पादन गर्न नेशन हेल्थ केयरलाई औषधि व्यवस्था विभागको अनुमति दिएको छ । नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोषराज बरालले नेशनल हेल्थ केयरले रेम्डेसिभिर औषधि उत्पादनका लागि अनुमति पाइसकेको जानकारी दिए ।