मेरो काम बजेट दिने हो, तर बोर्ड छाप्ने हैन: प्रदेश सांसद अशिष यादब – Satabdi News

मेरो काम बजेट दिने हो, तर बोर्ड छाप्ने हैन: प्रदेश सांसद अशिष यादब

४ जेठ, जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश साँसद एवम् पत्रकार महासँघ धनुषा शाखाका पूर्व–अध्यक्ष समेत रहेका राम अशिष यादवले आफूबारे आएको समाचारहरुप्रति आपत्ति जनाएका छन् ।

धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित जमुनी नदीको किनारमा निर्माणधीन गोबिन्द भगवानको मन्दिरको लागि १० लाख रुपैयाँ बजेट दिएको भन्दै योजनाको बोर्डलाई मुद्दा बनाएर आफूमाथि निराधार आरोप लगाएको बताए ।

केही सँचारमाध्यम सहित समाजिक सँजालमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश साँसद यादवमाथि मन्दिर निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै समाचार आएपछि उनले निराधार र पोषित शब्दहरु प्रयोग गरिएको बताए ।

सँसदीय विकास कोषबाट स्थानीयहरुले आग्रह गरेपछि आर्थिक वर्ष २०७७÷०७८ मा तत्काल १० लाख रुपैयाँ बजेट बिनियोजन गरी आगामी आर्थिक वर्षमा थप रकम दिने बताउँदै उनले उपभोक्ता समिति मार्फत भएको काममा पनि आफूलाई भ्रष्टाचार गरेको भनी मिथ्या र राजनीतिक उक्साहटमा तथ्यहरु लेखेको आरोप लगाए ।

उनले भने, –“उपभोक्ता समितिमा सबै जना धार्मिक क्षेत्रका मान्छेहरु हुन्, अल्पसँख्यक समुदायका केही व्यक्तिहरुले आग्रह गरेपछि गोबिन्द भगवानको मन्दिर निर्माणको लागि रकम बिनियोजन गरिदिए । मेरो काम रकम बिनियोजन गर्ने हो, बोर्डमा के लेखियो, किन लेखियो त्यो काम त पूर्वाधार कार्यालयको हो । तैपनि बोर्डमा लेखिएकै हो र त्यसलाई हातले निभाउँदैमा भ्रष्टाचार भएको भनेर आँकलन गर्ने पत्रकारको मानसिकता प्रष्टीएको छ ।”

बोर्ड लेख्ने काम प्राविधिक र मूल्याँकनको कार्य पनि प्राविधिकल गर्ने जनाउँदै बोर्डमा रकम निभाएकै कारण भ्रष्टाचार गरेको भनेर अपुष्ट र पूर्वाग्रही समाचार लेखेकोप्रति आपत्ति जनाए । उनले भने, –“जनकपुरको पत्रकारितामा लाँच्छना लगाउनु भएन ।”

समाजिक सँजालमा देखिएको स्टेटसहरु र समाचारप्रति उनले खेद प्रकट गर्दै सत्यतथ्य बुझनको लागि सम्बन्धित उपभोक्ता समितिसँग पनि केही जानकारी नलिएको, आफूसँग पनि केही प्रतिक्रिया नै लिई एकपक्षीय रुपमा आफूखुसी समाचार लेखेर राजनीतिक षडयन्त्रको शिकार भएको सुनाए ।

यता, उपभोक्ता समितिका अध्यक्ष राम अशिष साहले भने समाचारमा रतिभर पनि सत्यता नरहेको बताउँदै सुनुयोजित तवरले निराधार तथ्यमा समाचार लेखेको बताए । उनले हिसाबकिताब र अन्य सम्पूर्ण जानकारी पत्रकारलाई लिन आउन आग्रह गरे ।

केही सँचारमाध्यमहरुमा प्रदेश साँसद राम अशिष यादवले मन्दिर निर्माणमा भ्रष्टाचार गरेको भनेर समाचार प्रकाशित भएपछि उनले आफ्नो प्रतिक्रिया जाहेर गरेका छन् ।

यादवका स्वीकय सचिव विकास यादवले भने चाहिने जति कानुनी जानकारी र योजनाको सम्बन्धको सबै तथ्य प्रमाणहरु दिन तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मेरो काम बजेट दिने हो, तर बोर्ड छाप्ने हैन: प्र..." A few seconds ago

सम्बन्धित खवर