४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शथप गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटममा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो।
वैशाख ३१ गते राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीले शपथ लिने क्रममा केही शब्द उच्चारण नगरेको र राष्ट्रपतिले शपथ गराइरहँदा ‘त्यो पर्दैन’ भनेको विषयमा सर्वोच्चमा रिट परेको थियो।
अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, लोकेन्द्र वलीलगायतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रधानमन्त्री ओलीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
सर्वोच्चले यसबारे विपक्षीहरुलाई १६ दिनभित्र लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ।