विश्व चर्चित फुटबल खेलाडी रोनाल्डीनो पक्राउ
एजेन्सी । ब्राजिलको राष्ट्रिय टिमका पूर्व फुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन्। बुधबार राति पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टो पक्राउ परेको गोल डटकमले जनाएको छ। नक्कली कागजात बनाई दक्षिण अमेरिकाका राष्ट्रमा छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले बताएको छ। एक क्यासिनोका मालिक नेल्सन बिलोटीको निमन्त्रणामा

