बेलबारी बजार भित्र माक्सको हाहाकार – Satabdi News

बेलबारी बजार भित्र माक्सको हाहाकार

बेलबारी । बेलबारी नगरपालिकाको बजार भित्र माक्सको हाहाकार हुन थालेको छ ।

कोरोना भाईरसको कारणले विश्वले महामारी खोपिरहेको बेला यता बेलबारी बजारमा माक्सको हाहाकार हुन थालेको हो । बेलबारी बजार भित्र सामुदायिक अस्पताल, मेडिकल हल लगायतको ठाउहरुमा मास्को हाहाकार हुन थालेको हो ।

यता मेडिकल संचालकहरु भन्छन ” माक्सको प्रयोग हिजोको दिन भन्दा तुलनात्मक रुपमा बढोकोले गर्दा माक्सको हाहाकार हुन थालेको हो ।”

नेपाल पनि कोरोना भाईरसको उच्च जोखिम क्षेत्रमा पर्ने विश्व स्वास्थ्य संगठनले बताएको छ । नेपाल चीनको छिमेकी देश भएकाले पनि उच्च जोखिम रहेको विज्ञहरुको भनाई छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा पर्ने हुनाले पनि सतर्कता अपनाउन आग्रह गरेका छन् । त्यसै संग नेपालले एक सुचना जारी गर्दै महोत्सव, सभा सम्मेलन आदि नगर्न सम्पुर्ण नेपाली नागरिकहरुलाई आवान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी बजार भित्र माक्सको हाहाकार" A few seconds ago

सम्बन्धित खवर