२१ फागुन, बेलबारी । ” आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ ” मा राष्ट्रिय गायिका तृष्णा गुरुङ आज (बुधबार ) पाचौ दिन आउने भएको छ ।
हिजो चोथौ दिन मंगलबार गायिका साजन राई र सुनिता थेगिमको प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जनका दिएका थिए । त्यसैगरी बेलबारीका स्थानिय ब्याण्ड ” टिकाहाङ एन्ड द द्रव्य ब्याण्ड ” को प्रस्तुति हुने साथै स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य पनि प्रस्तुत रहने आयोजकले जनाएको छ ।
महोत्सव फागुन २४ गते सम्म चल्ने आयोजकले बताएको छ ।