‘ बारपाकलाई एक पुस्तक ‘ अभियानलाई एकमुष्ठ २० थान पुस्तक सहयोग

बेलबारी। बेलबारी मोरंगका समाजसेवी, बौद्धिक ब्यक्तित्व रविन गुरुङले बारपाकलाई एक पुस्तक अभियान लाई एकमुष्ठ २० थान पुस्तक सहयोग गर्नु भएको छ। जसमध्ये प्रदिप राई ज्यु बाट १८ थान त्यस्तै नारायणभक्त राई ज्यु र बादल चाम्लिङ ज्यु बाट आफ्नै पुस्तक १/१ थान गरी जम्मा २० थान पुस्तक सहयोग प्राप्त भएको हो।

गजल

मिलन राई जति होसीयारीले बाँच एउटा सम्झनाले खेद्छ तिमीलाई जति भाग्छौ जिन्दगीमा एउटा यादले रेट्छ तिमीलाई। जन्म र मृत्युबिचको दुरी काट्न त्यति सजिलो कहाँ हुन्छ जति जित्ने रहर पाल्छौँ उतिनै हारले भेट्छ तिमीलाई। सारा जीवन सत्मार्गमा लगाएर आफ्नो परिचय बनायौ तर जति सार्थकता पाएता पनि एउटै भुल्ले मेट्छ तिमीलाई।

प्रेमको सहर

-तारा पराजुली,बेलबारी मोरङ तिमी स्विकार या नस्विकार जे गर तर हामीले प्रेम दिवस थाहा हुनुभन्दा धेरै अघि पढेका हौँ प्रेमको बणर्माला उतिबेलै हामी आफैंले उठाएका हौँ प्रेमको बढेमान पर्वत त्यहीँ बनाएका हौँ प्रेमकै इँट्टा इँट्टा जोडेर सुरक्षित घर बनाएका हौँ भव्य शहर अनि बसाएका हौँ उज्यालो वस्ती र एकाअर्कालाई गरेका हौँ

साहित्यकार ईरान राईको दुईवटा कृति सार्वजनिक

काठमाडौं । साहित्यकार ईरान राईको सिर्जनामा दुईवटा हाइकु संग्रह सार्वजनिक गरिएको छ । निकै सानो आकारमा निकालिएको कृतिको केहि दिन अघि मात्र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा वीच सार्वजनिक गरे । राईको कृति ‘पुरानो काग’ १.३१ वर्ग सेन्टिमिटरको छ। यस्तै अर्को कृति ‘लिम्पियाधुरा’ १.१३ वर्ग सेन्टिमिटर आकारको छ

देशका सारथी

कविता–देशका सारथी सके धुर्तले देश जम्मै चपाए थियो शान्ति थोरै त्यही नै पो धपाए। छ कुर्सी र पैसा प्यारो छ नाता यही स्वार्थको होड्मा मन फटाए। चिरा पार्नु भन्छन् चिरी यो देशलाई र सिङ्गो देश बिगारी नरकमै पो पठाए। रुवाए सहिदका रगतमा रमाए थिए घाइते आँसु नै पो चटाए। हिजो

डमि तानाशाहको प्रर्दशन !!!

डमि तानाशाहको प्रर्दशन !!! आफ्नै चिहान खनेर एक छिन रमाउन सक्छ एउटा तानाशाह! प्रतिगमनको मतियार भएर एक छिन विजय उत्सव मनाउन सक्छ एउटा तानाशाह! उस्ले भन्दिन सक्छ, मलाई कामै गर्न दिईएन र प्रतिगमन तीर लागे! उस्ले भन्दिन सक्छ, मैले ईतिहासकै सबैभन्दा बढि काम गरे र प्रतिगमन तीर लागे उस्लाई थाहा

कबिता “साकेला हो जिन्दगी”

खुक्सङ खम्बु राई जिन्दगी उभौली हो जिन्दगी उधौली हो समग्रमा साकेला हो जिन्दगी ! रिसिया गाउँदै जिन्दगीको शिली टिप्दै जाऊ ढोलझ्याम्टाको तालमा जिन्दगीको लय खिप्दै जाऊ जिन्दगी गतिशिल छ बालक वृद्ध हुन्छ समय परिवर्तनशिल छ वर्खापछि हिउँद लाग्छ ए प्रकृतिपुजक ! जिन्दगी उभौली हो जिन्दगी उधौली हो समग्रमा साकेला हो

कविता ”क्षतिपूर्ति”

प्रेमिला राई उहिल्यै, निधारमा कुल्चिएर तिमीले भाग्यको दस्ताबेज कोर्दा नै विद्रोहको आगो ओकलेका हुन् पुर्खाहरुले तब न मेरै पुर्खाहरुको करङ भाँचेर उठाएका हौ आलिशान महलहरु मेरै कोक्पाहरुको छाला काढेर ओढेका हौ ठिहीमा । तिम्रा ती रङ्गिन चारै भित्ताहरु मेरै कोकुहरुको रगतले पोतिएको हो । सायद तिमीले भुल्यौ होला यो महलको

कविता “रिक्सावाला गाउँछ पसिनाको हाक्पारे” !

विशाल नाल्बो चर्को गरी लागेको छ घाम बगिरहेछ निधारबाट धारा पसिनाको चुढिएको छ पैतालाको चप्पल बटारेर बटारेर बटारेर स्टेरिङ ठेलाहरुले बिरुप बनाएको छ हातको पञ्जा । ऊ रिक्सावाला छोरीको स्कूलको निम्ति घामपानी सहन्छ । आफ्नै हातले निमोठी मारेको झल्झलाउँदो सेप्माङलाई सम्झिन्छ र खान्छ लिम्बुनी माइलीको भट्टीमा लोक्कल वाइन् अनि बेस्मारी

कविता “म खड्ग प्रसादको पक्षमा”

बिमन किराती अजिव लाग्छ- देशको पक्षमा चर्को बोली रहेको बोली र उल्टो पाईलै चाल्दै गरेको खड्ग प्रसादको ओली। (अजिव लाग्छ।) मानी लिउ- खड्ग प्रसाद लाई आफ्नै हरूले काम गर्न दिएनन मानी लिउ- खड्ग प्रसादलाई चौतर्फि घेरा हाले मानी लिउ- खड्ग प्रसाद देसको पक्षमा लडिरहेछन् ..अब त उनकै मनमौजी छ .....