बनमारा फुलेपछि

तारा पराजुली ''आमा यो झाडी हटाइदिउँ।पिपलले हामीलाई अक्सिजन दिन्छ।यो मानिसका लागि अति उपयोगी बनस्पति हो।बोटदेखि पातसम्म पिपलको महत्त्व कति छ कति भनेर अस्ति तपाईंले भन्नुभएको होइन?केही महिना अघि बुबाले रोपेको पिपल देखाउँदै रबिनले आमालाई सोध्यो। ''केहि झाडी यस्ता हुन्छन् जसले केहि बोझ र थोरै धेरै सुरक्षा पनि दिइरहेका हुन्छन्।यो बनमारा

कविताः ह्याप्पी मदर्स डे

नगेन्द्र सुवेदी (केराबारी, मोरङ्ग) गणित विषयमा नेपाल प्रथम भएको उसले बुझ्न सकेन आफ्नी आमाको प्रेम र त्यागको गणित र लैजान्छु तीर्थ भनेर छाडिआयो आमालाई वृद्धाश्रमको गेटैमा जसरी आमाले उसलाई बजार लैजान्छु भनेर छाड्ने गर्थिन् विद्यालयको गेटमा । त्यतिबेला ऊ खुब उफ्रन्थ्यो, रुन्थ्यो यतिबेला आमालाई पनि खुब रुन मन छ, उफ्रन

कविता: आमा तिमी महान होइन

शुसिला निनाम खेल्दा खेल्दै खेलौना मा जब साथी संग झगडा हुन्थ्यो म दौडेर तिमिलाइ सुनाउन आउथे डर लाग्दो किरा जनावर देख्दा म तिम्रै काख मा आइपुग्थे तिम्रो काख भन्दा अन्त म आफुलाइ सुरक्षित महसुस गर्नै सक्दिन्थे मलाई तिमी शक्तिशाली लाग्थ्यौ आमा मेरो हर समस्या को समाधान तिमिले गरिदिन सक्छौ लाग्थ्यो

 क्याबात् प्रम ओली! कबिता : खगेन्द्र संग्रौला

     क्याबात् प्रम ओली! असारमा, रासायनिक मल अभाव विउविजन अभाव सिंचाईपानी अभाव। बैशाखमा, पाठ्यपुस्तक अभाव शिक्षक अभाव। महामारीमा, खोप अभाव चिकित्सक अभाव अस्पताल अभाव अक्सिजन अभाव भेन्टिलेटर अभाव आइसियु अभाव! शासकमा, नैतिकता अभाव स्वाभिमान अभाव इमान अभाव सिद्धान्त अभाव विवेक अभाव लज्जा अभाव! देशमा, देशभक्त अभाव स्वदेशी नेता अभाव

कविता; बेपत्ता

मोहित जोशी बाको कोठा असरल्ल छ। टेबुलमा आधा खाली आधा भरिएको चियाको गिलास छ। गिलास छेउमा छ एउटा पुस्तक जसको आवरणमा माओं र मार्क्सको तस्वीर छ। भुइँमा कच्याङ-कुचुङ पारिएको एउटा पाना छ खोले र पढे बाले लेख्दै गरेको एउटा कविता। बा निरङ्कुशता विरोधी क्रान्तिकारी कवि भनेर पनि चिनिनुहुन्छ। खाटमा सिरक

कवि किरण सिवाको तीन शसक्त: प्रेमिल कविताहरु

किरण सिवा १. महसुस... तिमी नआउनु तिमी आउदै नआउनु तिमी आयौं भने त बिर्सिन सक्छ आशुले परेलीको ठेगाना जुन बेला बेला अतित बल्झाउन आईरहने गर्छ तिमी आयौं भने त तिम्रो सिरमा सजिन गुलाबहरुले मृत्युु चुम्न सक्छ मेरै हातबाट जुन प्रेमको नाममा तिमिलाई सिउरीदिन सक्छु तिमी आयौ भने त पथ्थर भएको

कविता; सिहदरबार भत्काईदिउ

शुसिला राई  हाम्रो पुर्खाको औलाहरु खुट्टा को पाइलाहरु शरीरको रगत पसिना खाएर सिंहदरबार ठडिएको हो यति धेरै खाएर १९६४ मा ठडिएको सिंहदरबार भित्र कहिले न अघाउने राणाहरुको प्रेतात्मा बसेको छ त्यसले खुवालुङ फुटाउन खोज्छ मुक्कुलुङ भत्काउन खोज्छ त्यसको आँखा गुठी तिर पनि पुग्छ घुंगी तिर पुग्छ चिहान तिर पनि पुग्छ

कविता; इतिहासको कठघरामा एक योद्धाको बयान

गंगा मानव हो, ढाँट्दिन हजुर इतिहासको यस कठघरामा उभिएर सत्य-सत्य बोल्छु / निर्भयताका साथ बोल्छु हजुरलाई विश्वास लाग्ला नलाग्ला तर म रिठ्ठा नबिराई दूधको दूध बोल्छु/पानीको पानी बोल्छु हो हजुर म सत्य बोल्छु । जनयुद्धमा हिजो सेना हिँड्ने बाटोमा धराप थापेकै हौं दुश्मनहरु तर्ने पुल बम ब्लास्टिङ्ग गरेर भत्काएकै हौं

‘हाङछा खाेजिरहेछु’

'हाङछा खाेजिरहेछु' हाेइन हाउ हाङछा पुर्खालेहरुले बचाई राखेका सुप्तुलुङ अनि मुल खम्बाहरु हाम्रो चिहान चाैतारीहरु अनि हाँसिरहेकाे हिमालहरु यहि अाकाश मुनि बाँचिरहेका अनि साकेला सिलिमा नाचीरहेका किरावची बाँच्नुकाे अर्थ खाेज्नु छ। हाेइन हाउ हाङछा, हाम्रो मातृभुमिमा भुमिपुत्रले याे माटाेमा अाफ्नाे बाटाे भुलेकाे छैन्न साेलेइवा भित्रकाे रक्सीले अब कुनै समय आक्रोश

“बाटो”

सन्दीप अधिकारी न त नयाँ न त पुरानो, छ यो सधैं अधुरो। कुरा रुचाउँछ गन्तब्यको, पुर्याउँछ घर खुसीको।। नाटक हुन्छ ठाउँठाउँमा, खाल्डो आइपुगे समयसमयमा। न अल्झि पुग्छु म आफ्नो लक्ष्य, सत्य र न्यायको दिँदै पक्ष।। तिमी छौ र त गन्तब्य सजिलो छ, तिमी न भए अल्झिन्थे होला। दिशा देखायौ र