कविता; सिहदरबार भत्काईदिउ – Satabdi News

कविता; सिहदरबार भत्काईदिउ

शुसिला राई 
हाम्रो पुर्खाको औलाहरु
खुट्टा को पाइलाहरु
शरीरको रगत पसिना
खाएर सिंहदरबार
ठडिएको हो

यति धेरै खाएर
१९६४ मा ठडिएको सिंहदरबार भित्र
कहिले न अघाउने
राणाहरुको प्रेतात्मा बसेको छ

त्यसले खुवालुङ फुटाउन खोज्छ
मुक्कुलुङ भत्काउन खोज्छ
त्यसको आँखा गुठी तिर पनि पुग्छ
घुंगी तिर पुग्छ
चिहान तिर पनि पुग्छ ।

त्यसलाई डम्फु मन पर्दैन
च्याब्रुङ मन पर्दैन
ढोल मन पर्दैन ।

त्यो इतिहास खान मन पराउछ
त्यो भाषा खान मन पराउछ
त्यो पहिचान निमोठन मन पराउछ
त्यो संस्कृती चपाउन मन पराउछ
त्यो अस्तित्व सिध्याउन मन पराउछ

त्यसले ११३ बर्ष देखि
हाम्रो रगत पसिना खाइरहेको छ
आउ अब जगै देखि
भत्काइ दिउ
सिंहदरबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता; सिहदरबार भत्काईदिउ" A few seconds ago

सम्बन्धित खवर