'हाङछा खाेजिरहेछु' – Satabdi News

‘हाङछा खाेजिरहेछु’

हाङछा खाेजिरहेछु’

हाेइन हाउ हाङछा
पुर्खालेहरुले बचाई राखेका
सुप्तुलुङ अनि मुल खम्बाहरु
हाम्रो चिहान चाैतारीहरु
अनि हाँसिरहेकाे हिमालहरु
यहि अाकाश मुनि बाँचिरहेका
अनि साकेला सिलिमा नाचीरहेका
किरावची बाँच्नुकाे अर्थ खाेज्नु छ।

हाेइन हाउ हाङछा,
हाम्रो मातृभुमिमा
भुमिपुत्रले याे माटाेमा
अाफ्नाे बाटाे भुलेकाे छैन्न
साेलेइवा भित्रकाे रक्सीले
अब कुनै समय आक्रोश पाेख्ने छ
चेतनाकाे दिप लिएर

किरातहरुले आकाश छुने छन
उभाैली र उधाैलिकाे साकेलामा
सिम्मा र सिप्पाहरु सिलिहरुमा नाच्ने छन्
भुमिपत्रकाे पहिचान केनहरुमा खाेज्ने छन्
अधिकारमा सार्थकता खाेजिरहे छन् ।

हाेइन हाउ हाङछा,
राई गाउँमा हेरिरहेछु
साकेलाकाे
सिलिहरु भित्र अाफुलाई देखिरहेछु
चाैतारीकाे ढुङगे कितावहरुमा
इतिहास साक्षी छ, सिप्पा
युगाै देखि मिचिएकाे थिचिएकाे
युगाै देखि भस्मे खाेरिया खनेकाे
हाम्रो पाइला पिछे तुटेकाे फुटेकाे
हाम्रो इतिहासहरु खाेजिरहेछु ।

हाम्रो प्रत्येक पाइला पिच्छे
पसिनाकाे अमुल्य माेल
याे माटाेमा खाेजिरहेछु
युगाै देखि अघि थियाै
तर अाज कसरी पछि पर्याै
यहि प्रश्नकाे उत्तर म खाेजिरहेछु
हाङछा खाेजीरहेछु ।

लेखक – इन्द्र मुकारुङ डाक्बुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘हाङछा खाेजिरहेछु’" A few seconds ago

सम्बन्धित खवर