डमि तानाशाहको प्रर्दशन !!! – Satabdi News

डमि तानाशाहको प्रर्दशन !!!

डमि तानाशाहको प्रर्दशन !!!

आफ्नै चिहान खनेर
एक छिन रमाउन सक्छ एउटा तानाशाह!
प्रतिगमनको मतियार भएर
एक छिन विजय उत्सव मनाउन सक्छ एउटा तानाशाह!

उस्ले भन्दिन सक्छ,
मलाई कामै गर्न दिईएन र प्रतिगमन तीर लागे!
उस्ले भन्दिन सक्छ,
मैले ईतिहासकै सबैभन्दा बढि काम गरे र प्रतिगमन तीर लागे
उस्लाई थाहा हुन्छ,
म संविधानको हत्यारा हॅू भन्ने
उस्लाई थाहा हुन्छ,
मैले देशलाई अस्तव्यस्त पारे भन्ने
तरैपनि ऊ आत्मरतिको बूई चढेर
नौटङ्कीको प्रर्दशन गर्न
राज्यकोष दोहन गरि रहन्छ!

साच्चैको तानाशाह भन्दा
नक्कली तानाशाह देशको लागी
एक भयानक विद्रुप कलङ्क हो !!!

आजभोली एउटा डमि तानाशाह देश दौडाहमा छ
आफ्ना भरौटेहरूलाई ताली बजाउन लगाएर
घरि हासि मजाक गर्छ,
घरि आसॅु झारि बस्छ,
उस्को बोलीमा तर्क हुदैन
उस्को भाषणमा तथ्य हुदैन
उस्को भनाईमा ताल हुदैन
बर्रबराई रहेछ,
अघि के भने, अहिले के भन्दै छु
हिजो के बोले ,आज के बोल्दै छु
हेक्का छैन उस्लाई,
केवल, राज्य शक्तिको दुरूपयोग गर्दै
ताहूरमाउर देखाउने कोशिस गरि रहेछ
घिनलाग्दो चरित्रमा छ ऊ,
जनतालाई देखाई दिन्छु भन्दै,
आफू नाङ्ग्दो छ ऊ,

आफ्नै चिहान खनेर
एक छिन रमाउन सक्छ एउटा तानाशाह
प्रतिगमनको मतियार भएर
एक छिन विजयउत्सव मनाउन सक्छ एउटा तानाशाह

जनताले यति बुझ्नू पर्छ!!!
राजनेता जो कोहि होस झुक्नूपर्छ
प्रतिगमनकारी जो कोहि होस थुक्नुपर्छ
डमि तानाशाहको प्रर्दशन

आफ्नै चिहान खनेर
एक छिन रमाउन सक्छ एउटा तानाशाह
प्रतिगमनको मतियार भएर
एक छिन विजय उत्सव मनाउन सक्छ एउटा तानाशाह

उस्ले भन्दिन सक्छ
मलाई कामै गर्न दिईएन र प्रतिगमन तीर लागे
उस्ले भन्दिन सक्छ
मैले ईतिहासकै सबै भन्दा बढि काम गरे र प्रतिगमन तीर लागे
उस्लाई थाहा हुन्छ
म संविधानको हत्यारा हॅू भन्ने
उस्लाई थाहा हुन्छ(
मैले देसलाई अस्तव्यस्त पारे भन्ने
तरैपनि ऊ,
आत्मरतिको बूई चढेर
नौटङ्कीको प्रहसन गर्न
राज्यकोष दोहन गरि रहन्छ

साच्चैको तानाशाह भन्दा
नक्कलि तानाशाह देसको लागी
एक भयानक विद्रुप कलङ्क हो

आफ्नै चिहान खनेर
एक छिन रमाउन सक्छ एउटा तानाशाह
प्रतिगमनको मतियार भएर
एक छिन विजयउत्सव मनाउन सक्छ एउटा तानाशाह
जनताले यति बुझ्नूपर्छ
राजनेता जो कोहि होस झुक्नूपर्छ
प्रतिगमनकारी जो कोहि होस थुक्नुपर्छ

( बिमन किराती )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "डमि तानाशाहको प्रर्दशन !!!" A few seconds ago

सम्बन्धित खवर