कबिता "साकेला हो जिन्दगी" – Satabdi News

कबिता “साकेला हो जिन्दगी”

खुक्सङ खम्बु राई

जिन्दगी उभौली हो
जिन्दगी उधौली हो
समग्रमा साकेला हो जिन्दगी !

रिसिया गाउँदै जिन्दगीको
शिली टिप्दै जाऊ
ढोलझ्याम्टाको तालमा
जिन्दगीको लय खिप्दै जाऊ
जिन्दगी गतिशिल छ
बालक वृद्ध हुन्छ
समय परिवर्तनशिल छ
वर्खापछि हिउँद लाग्छ
ए प्रकृतिपुजक !
जिन्दगी उभौली हो
जिन्दगी उधौली हो
समग्रमा साकेला हो जिन्दगी
प्रकृति जस्तै शुन्दर छ जिन्दगी

ढोल अझ जोडले बजाऊ
शीरमा शीरफूल सजाऊ
केकुवाहेलेकु शिली नाच्दै
पखेटा फिजाऊ
छेल आँधीहुरी, सुनामी
जगाऊ बिजुवा
खुट्याऊ जोखना
लगाऊ निशाना
जिन्दगीको लक्ष भेदन गर
मनाऊ महाउत्सव
ङार्कुवा शिली टिप्दै–टिप्दै
उन्मुक्त उड्दै–उड्दै
चोमोलुङ नाघी जाऊ
सात समुद्र घुमी फर्की आऊ
ए आदिवासी !
संसार तिम्रै हो
जिन्दगी उभौली हो
जिन्दगी उधौली हो
समग्रमा साकेला हो जिन्दगी
प्रकृति जस्तै भव्य छ जिन्दगी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कबिता “साकेला हो जिन्दगी”" A few seconds ago

सम्बन्धित खवर