
कविता; सिहदरबार भत्काईदिउ
शुसिला राई हाम्रो पुर्खाको औलाहरु खुट्टा को पाइलाहरु शरीरको रगत पसिना खाएर सिंहदरबार ठडिएको हो यति धेरै खाएर १९६४ मा ठडिएको सिंहदरबार भित्र कहिले न अघाउने राणाहरुको प्रेतात्मा बसेको छ त्यसले खुवालुङ फुटाउन खोज्छ मुक्कुलुङ भत्काउन खोज्छ त्यसको आँखा गुठी तिर पनि पुग्छ घुंगी तिर पुग्छ चिहान तिर पनि पुग्छ