टक्कर व्यक्तिको होइन, संविधानको रक्षासँग सम्बन्धित छ : सभामुख
५ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउने संकल्प र प्रण गरेर काम गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रममा आइतबार सापकोटाले अहिले भित्रभित्रै ठूलो बहस भइरहेको भन्दै जीवन्त र जनमुखी बनाउने संकल्प र प्रण गरेर काम गरिरहेको बताएका

