प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै – Satabdi News

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे बालुवाटारमा बस्न लागेको हो ।

कोरोनाभाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायत विषयमा छलफल हुने थापाले बताए ।

पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै" A few seconds ago

सम्बन्धित खवर