त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्याण्ड्लाई ९ विकेटको फराकिलो अन्तरले हराए – Satabdi News

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्याण्ड्लाई ९ विकेटको फराकिलो अन्तरले हराए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आज भएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले नेदरल्याण्ड् लाई ९ बिकेटको फराकिलो अन्तरले सानदार जित निकाल्दै विजय शुरुवात गरेको छ। नेपालले टस जितेर पहिलो बलिङ्ग रोजेको थियो।

पहिलो बटिङ्ग गरेको नेदरल्याण्ड्ले खराब सुरुवात गर्दै ४ विकेटको क्षतिमा २० ओवरमा १३६ रन बनाएको थियो। नेपालले १३७ रनको टार्गेट पाएको थियो। नेपालले पाएको टार्गेट मात्र १५ ओवरमा १ विकेटको क्षतिमा जित निकालेको थियो।

ओपनिङ्ग ब्याटम्यान आसिफ शेख र कुशल भुर्तेलले ११६ रनको सानदार साझेदारी पारि खेलेको थियो। यो साझेदारी रन अहिले सम्म कै अन्तराष्ट्रिय टि २० क्रिकेट म्याचमा नेपालले बनाएको सबै भन्दा ठुलो साझेदारी पारि हो। आजको खेलमा क्याप्टेन ज्ञानेन्द्र मल्ल १३ रनमा नट आउट रहे। अब नेदरल्याण्ड्ले दोस्रो खेल भोलि मलेसिया संग खेल्ने छ। नेपालले भने सोमबार मलेसिया संग दोस्रो खेल खेल्ने छ। यस प्रतियोगिताको फाइनल खेल बैशाख १६ गते हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्याण्..." A few seconds ago

सम्बन्धित खवर