एमसीसीबारे छलफल गरिन्न भन्दै चार पूर्व प्रधानमन्त्रीबाट बैठक बहिस्कार – Satabdi News

एमसीसीबारे छलफल गरिन्न भन्दै चार पूर्व प्रधानमन्त्रीबाट बैठक बहिस्कार

 

काठमाडौं । विवादित एमसीसी पारित गर्न साथ खोज्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक चार पूर्वप्रधानमन्त्रीले बहिष्कार गरेका छन् ।

पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले बैठक बहिष्कार गरेका हुन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार प्रचण्डलाई फोन गरेर कांग्रेस सभापति शेरबहादुर देउवासहित तीन जनामात्रै भेटौँ भनेका थिए ।

प्रधानमन्त्री ओलीले सदनबाट एमसीसी पारित गर्नका लागि सहयोग माग्न प्रचण्ड र देउवासँग भेट्न खोजेका थिए । तर, प्रचण्डले एमसीसीको विषयमा कुरा नगर्ने भन्दै भेट अस्वीकार गरेपछि ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । प्रचण्डसँगै अन्य चार पूर्वप्रधानमन्त्रीले पनि एमसीसी पारित गर्न सर्वदलीय बैठकबाट ओलीले साथ खोजेको भन्दै सहभागी नहुने निर्णय गरेको बुझिएको छ ।

बैठकमा जाने कि नजाने भन्ने अन्योलमा रहेका कांग्रेस सभापति देउवा भने ढिलो गरी बैठकमा पुगेका थिए । केपी ओलीसँग विमती रहेपनि प्रधानमन्त्री पदको गरिमा राख्न बैठकमा जानुपर्ने शीर्ष नेताले सुझाव दिएपछि देउवा बालुवाटार पुगेका हुन् ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संसद अधिवेशन, कोरोना महामारीलगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका थिए । तर, प्रधानमन्त्री ओलीले अधिक समय एमसीसी पारित गर्न नपाएको तुष पोख्ने काम गरे । उनले सभामुख अग्नीप्रसाद सापकोटाले एसीसी पारित गर्न नदिएको भन्दै आक्रोशसमेत पोखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमसीसीबारे छलफल गरिन्न भन्दै चार पूर्व प्रधानमन..." A few seconds ago

सम्बन्धित खवर