माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक : समर्थन फिर्तालगायतका विषयमा छलफल हुने – Satabdi News

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक : समर्थन फिर्तालगायतका विषयमा छलफल हुने

वि.सं २०७८ बैशाख ५ आइतबार । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए । 

बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी संगठनबारे कार्यदलको सुझाब र केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्रले अघिल्लो साता मात्रै प्रतिपक्षमा रहेका दलहरूको नेतृत्वमा नयाँ सरकार बन्ने वातावरण बने पनि नबने पनि समर्थन फिर्ता लिने बताएको थियो । आइतबार मात्रै एउटा कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो साताभित्रै राजनीतिमा फेरबदल आउने अभिव्यक्ति दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक : सम..." A few seconds ago

सम्बन्धित खवर