
नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई कारबाही
३० चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । र, दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ । माओवादी केन्द्रले चार सांसदलाई पार्टीले कारबाही गरेको पत्र बुझाएको सभामुख सरोजकुमार यादवले जानकारी दिए