चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप लगाउन सुरु – Satabdi News

चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप लगाउन सुरु

२५ चैत, काठमाडौं । चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप आजबाट लगाउन सुरु गरिएको छ । चीन सरकारको अनुदानमा आएको आठ लाख डोज खोप आजदेखि लगाउन सुरु गरिएको हो।

पहिलो चरणमा यो खोप  १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारी तथा अग्रपंक्तिमा काम गर्नेलाई लगाइने  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुरुवाती खोप लगाउने समयमा बानेश्वरस्थित सिभिल अस्पतालमा चिनियाँ राजदूत होउ यान्छीसमेत सहभागी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप लगाउन ..." A few seconds ago

सम्बन्धित खवर