विमानस्थलको अध्यागमनले चिनेन नक्कली पासपोर्ट

दुई बंगलादेशीलाई मुद्दा नचलाई निष्कासन गरियो, अध्यागमनको नयाँ प्रविधिमाथि उब्जियो प्रश्न अध्यागमनमा भइरहेका त्रुटि सच्याउन भन्दै सरकारले गत वर्ष मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा बायोमेट्रिकसहितको अत्याधुनिक प्रविधि जडान गर्‍यो । करिब १३ करोड लगानी गरेर सुरु गरिएको ‘नेपाल पोर्ट’ नामक नयाँ प्रणालीपछि पनि अध्यागमनमा हुने बेथिति रोकिएको छैन । हालै दुई

त्रिदेशीय क्रिकेटमा नेपालको लगातार दोस्रो जित, मलेसिया नाै विकेटले पराजित

  ६ वैशाख, काठमाडौं । त्रिदेशीय क्रिकेट प्रतियोगितामा घरेलु टोली नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललले मलेसियालाई नाै विकेटले हराएको हो ।  यसअघि नेदरल्यान्ड्सलाई पनि नेपालले नाै विकेटले नै पराजित गरेको थियो । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य पछ्याउने

विद्यालय बन्द गर्ने सरकारको निर्णय

  ६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

अविश्वास प्रस्ताव दर्ता गरेका केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री पदको सपथ ।

बैशाख ६ सोमबार ,काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग

वागमती प्रदेशका मुख्मन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

हेटौंडा, ६ बैसाख । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । ललितपुर जावलाखेलस्थित सुशासन केन्द्रमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको प्रदेशमा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए । आजको बैठकको मुख्य कार्यसूची वाग्मती प्रदेशले खरिद् टेन्डर गरेको विद्युतीय बससम्बन्धि विषय रहेको छ । ‘विद्युतीय बस

विप्लव कार्यकर्ताको रिहाइ गर्न सकस

काठमाडौं, ६ बैसाख । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवासँगै सो समूहका कार्यकर्ता रिहा गर्न थालेको तयारी सहज र दिगो समाधान नभएको विज्ञले बताएका छन् । विप्लव समूहका कतिपय कार्यकर्ता जघन्य अपराधमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । तिनलाई छाड्न त्यति सहज छैन । राजनीतिक सम्झौताका

टक्कर व्यक्तिको होइन, संविधानको रक्षासँग सम्बन्धित छ : सभामुख

५ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउने संकल्प र प्रण गरेर काम गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रममा आइतबार सापकोटाले अहिले भित्रभित्रै ठूलो बहस भइरहेको भन्दै जीवन्त र जनमुखी बनाउने संकल्प र प्रण गरेर काम गरिरहेको बताएका

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक : समर्थन फिर्तालगायतका विषयमा छलफल हुने

वि.सं २०७८ बैशाख ५ आइतबार । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।  बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी संगठनबारे कार्यदलको सुझाब र केन्द्रीय समिति बैठक बोलाउने विषयमा

‘फ्लोर क्रस’ गर्ने सांसदलाई एमाले कर्णालीले गर्‍यो कारबाही, ज्वालालाई निष्कासन गर्न सिफारिस

 वि.सं २०७८ बैशाख ५ आइतबार । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका चार सांसदलाई एमाले कर्णाली प्रदेश कमिटीले कारबाही गरेको छ । एमाले कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले शनिबार विज्ञ  प्ति जारी गरेर प्रदेश सभाका सदस्य नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको

कर्णाली प्रदेश मन्त्रिपरिषद् हेरफेर: नेपाल समूहका तीन सांसद मन्त्री,  कांग्रेस पनि चाँडै सहभागी हुने

  ५ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार टिकाउन विश्वासको मत दिने एमालेका चार सांसदमध्ये तीनजना मन्त्री बनेका छन् । कांग्रेसले भने आन्तरिक छलफल गरेर दुई–तीन दिनमा मन्त्रीका लागि सांसदको नाम सिफारिस गर्ने भएको छ ।  फ्लोर क्रस गरेर विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद्हरू