त्रिदेशीय क्रिकेटमा नेपालको लगातार दोस्रो जित, मलेसिया नाै विकेटले पराजित – Satabdi News

त्रिदेशीय क्रिकेटमा नेपालको लगातार दोस्रो जित, मलेसिया नाै विकेटले पराजित

 

६ वैशाख, काठमाडौं । त्रिदेशीय क्रिकेट प्रतियोगितामा घरेलु टोली नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललले मलेसियालाई नाै विकेटले हराएको हो ।  यसअघि नेदरल्यान्ड्सलाई पनि नेपालले नाै विकेटले नै पराजित गरेको थियो ।

मलेसियाले दिएको एक सय १० रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको सतकीय साझेदारी गरे । कुशलले अविजित ६१ र आसिफले ४२ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर एक सय नाै रन जोडेको थियो । खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो ।

दुवै खेलमा जित निकालेको नेपालको चार अंक भएको छ । एक खेलमा जित र एक खेलमा हार व्यहोरेको नेदरल्यान्ड्सको दुई अंक छ । दुवै खेलमा पराजय व्यहोरेको मलेसिया भने अंकविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "त्रिदेशीय क्रिकेटमा नेपालको लगातार दोस्रो जित, ..." A few seconds ago

सम्बन्धित खवर