वागमती प्रदेशका मुख्मन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक – Satabdi News

वागमती प्रदेशका मुख्मन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

हेटौंडा, ६ बैसाख । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । ललितपुर जावलाखेलस्थित सुशासन केन्द्रमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको प्रदेशमा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

आजको बैठकको मुख्य कार्यसूची वाग्मती प्रदेशले खरिद् टेन्डर गरेको विद्युतीय बससम्बन्धि विषय रहेको छ । ‘विद्युतीय बस खरिदले प्रदेशमा समस्या उत्पन्न भएको छ । हामीले टेन्डर आह्वान गरिसकेका छौं । तर, त्यही कारण संसद् अवरूद्ध छ । आजको छलफलको विषय यही हो ।’

बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बोलाइएको उनले जानकारी दिएका छन् । त्यसका अतिरिक्त समसामयिक राजनीतिक विषय, कोरोनाको नयाँ भेरियन्ट आदिमा पनि छलफल हुने उनले बताए । प्रतिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना संक्रमण नियन्त्रणलगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ । प्रतिपक्षी सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएका छन् । सो मागमा माओवादी केन्द्रसहित कांग्रेस र विवेकशील पार्टीले समर्थन जनाएका छन् । यसैगरी बागमती प्रदेशमा पछिल्लो समय दैनिक ३ सयभन्दा धेरैजना कोरोनाका नयाँ संक्रमितहरु थपिदै गएपछि सरकारलाई सतर्कताका उपाय अपनाउने तीव्र दबाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वागमती प्रदेशका मुख्मन्त्री पौडेलले बोलाए सर्वद..." A few seconds ago

सम्बन्धित खवर