टुँडिखेलमा सेनाको तारबार हटाउन काठमाडौं महानगरपालिकासँग नागरिक आन्दोलनको अपिल
१३ वैशाख २०७८, सोमबार । बृहत् नागरिक आन्दोलनले टुँडिखेलमा नेपाली सेनाको तारबार हटाएर नागरिकका लागि खुला गर्न काठमाडौं महानगरपालिकासँग आग्रह गरेको छ । लोकतन्त्र दिवसका अवसरमा सार्वजनिक अपिल जारी गर्दै नागरिक आन्दोलनले टुँडिखेल नेवाः समुदायको तिनि ख्यः (तिं ख्यः), पुरानो नाम ‘तेन्दोख्यल’बाट विकसित सार्वजनिक स्थान भएको र यो समुदायकै जिम्मामा फर्काउन

