प्रदेश नं २ को मुख्यमन्त्री राउत; स्वाब परिक्षणलाई तीब्रता दिनु पर्ने
बैशाख २, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको परीक्षणलाई तीब्रता आउन नसकेको कुरालाई स्वीकार गर्दै स्वाब परीक्षणलाई तीब्रता दिनुपर्ने बताएका छन् । मंगलबार मुख्यमन्त्री निवासमा सम्पन्न प्रतिपक्षी दलका नेता सहितको निर्देशक समितिको बैठक पश्चात स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पदाधिकारीलाई स्वाब परीक्षणलाई तीब्रता दिन निर्देशन दिएका छ्न ।