कोरोना भाईरस र भ्रष्टाचार – Satabdi News

कोरोना भाईरस र भ्रष्टाचार

कोरोना भाईरस (कोबिड–१९) को कारण विश्व चकमन्न र शान्त छ । मानिसहरुको चहलपहल गतिविधि शुन्य छ । छिटो विकास गर्छु भन्ने प्रतिस्पर्धामा उत्रिएका देशहरु पनि शिथिल भएका छन् । यो रोग कसरी मानव समुदायमा आयो भन्ने बिषय पनि अहिलेसम्म अनुत्तरित छ । यो बिषयमा धेरै विशेषज्ञहरुको आ–आफ्नै तर्क राखिएरहेका छन् । एक बिशेषज्ञको तर्क अर्कोसँग मेला खाएको पाईदैन । तर धेरैको मत यो भाईरस चमेराको आन्द्रामा ९६ प्रतिशत रहन्छ भन्नेमा मिलेको छ । अहिले सामाजिक संजालमा अमेरिकी नागरिक हार्डभार्ड विश्वविद्यालयका प्रा.डा. चाल्स लिबेरले कोरोना भाइरस आफै सृजना गरेर चिन पठाए भनेर निकै चर्चा छ, तर यो सत्य होइन् भन्ने कुरा संचार माध्यममा आइसक्यो । उनी चिनमा रहेको वुहान प्राविधिक विश्वविद्यालयको रणनीति बैज्ञानिकको रुपमा काम गर्ने र चिन सरकारबाट १५ करोड डलर रकम सहयोगको लागि आउदा अमेरिका सरकारलाई लुकाएको कारण उनलाई अमेरिकाको संघीय सरकारले पक्राउ गरेको थियो ।

कोरोना भाइरस चिनको हुबे प्रान्तको वुहान शहरमा सन् २०१९ डिसेम्बर १ मै देखा परेको थियो । तत्कालिन डाक्टरहरुले यो बिषयमा सुझाब दिए पनि चिन सरकारले वास्ता गरेन । तर डिसेम्बर ३१ सम्म आइपुग्दा धेरै संक्रमित भएपछि मात्र चिन सरकारले चासो लिएको थियो । पाँच महिनाको समयावधिमा २०९ देशहरुमा कोबिड १९ फैलीसकेको छ ।

Johns Hopkins University का अनुसार १६,०५,२७७ जनालाई लागेको मध्ये ३,५६,९२५ उपचार गरेर घर फर्किएका छन्, भने ९५,७५१ जनाको यो भाईरसको कारण मृत्यू भैसकेको छ र ११,५२,६०१ जना अहिले पनि संक्रमित छन् । अझै पनि यसको औषधी बनिसकेको छैन् । अमेरिकामा मात्र ४,६८,८९५ जना संक्रमित छन् । जसमध्ये २५,९२८ जना मात्र निको भएर घर फर्किएका छन् भने १६,६९७ को मृत्यू भैसकेको छ । २१ प्रतिशतको दरले मृत्यू हुदैछ । यहि क्रम जारी रहे यतिकै संख्यामा अमेरिकामा मात्र १ लाख भन्दा वढि मानिसहरुको मृत्यू हुदैछ । अमेरिकामा यतिको संख्या पुग्नु राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार छन् । उनले मानवलाई भन्दा व्यवसाय र ब्यापारमा प्राथमिकता दिए । यो भाईरसलाई विश्व स्वस्थ संगठनले महामारीको रुपमा घोषण गरे पनि ट्रम्पले चाइनिज भाइरस भनेर जिस्काईरहे । उनले अन्य देशहरु जस्तो लकडाउनको घोषण गरेनन् । त्यसको परिणाम अमेरिकी जनताले भोग्दैछन् । अमेरिकी जनतामा कोरोनाको संक्रमण बढि भएकाले ट्रम्पले त्यसको रिस विश्व स्वस्थ संगठनलाई पक्षपात भयो भनेर आरोप लगाए र अमेरिकाको सहयोग रोक्ने धम्की समेत दिए । चिन सरकारले अहिले इटाली लगायतका अन्य देशहरुमा सबैले यो भाईरस बिरुद्धमा लड्न सहयोग गरिरहेका छन् । यो घटनाबाट विश्वको शक्तिशाली राज्यको ताज अमेरिकाबाट चीन तिर सर्दै गरेको हो कि भन्ने संकेत गरेको छ ।

नेपाली राजनीति र भ्रष्टाचार
नेपाली राजनीतिमा शक्तिको अति दुरुपयोग हुन्छ भन्नेमा कहि कतै कसैको बिमती हुन्न भन्ने लाग्छ । अहिले नेकपाको जस्तो बलियो बहुमतको स्थिर सरकार अघिल्ला समयहरुमा थिएन् । जनताले विश्वास गरेरै नेकपालाई बलियो बहुमत दियो । सरकार गठन पछी सबैले कामको अपेक्षा गरेका थिए । तर यो सरकार जनताको काम गर्न गठन भएको होइन कि भ्रष्टाचार गर्न, आफ्नो कार्यकर्ता संरक्षण गर्न, नेताहरुको नातागोताहरुलाई भर्ती गर्न बनेको भन्ने लागेको छ । अहिलेसम्म कै ठुलो रकमको भ्रष्टाचार र विभिन्न काण्डहरु यहि सरकारको पालामा भएको छ । (३३ किलो सुन, वाईडवडी, निर्मला बलात्कार र हत्या, प्रेस प्रिन्टर, आदिवासी, मधेसी, दलितहरुको आरक्षण कटौती आदि काण्ड) यो त संघीय सरकारसंग सम्बन्धित घटनाहरु मात्र हुन् । प्रदेश र स्थानीय तहमा पनि यहि रुपमा भ्रष्टाचार भइरहेको धेरै तथ्यहरु सार्वजनिक भएका छन् ।

Transparency International  ले सन् २०१७ मा भ्रष्टाचार सम्बन्धि सार्वजनिक गरेको रिपोर्ट अनुसार १७५ देशहरु मध्ये १२२ को सुचिमा नेपाल पर्छ । यो तथ्यांकबाट नेपाल भ्रष्टाचारमा डुबेको देश हो भन्ने बुझिन्छ । सन् २००४ मा ९० आंै हुदाँ सबै भन्दा कम भ्रष्टाचार भएको वर्ष थियो । यो भ्रष्टाचारको तथ्यांक घट्नु पर्ने निकै वृद्धि हुदैं गईरहेको छ । नेपाली राज्य सत्ताको आधार नै भ्रष्टाचार गर्नेलाई सहयोग गर्ने बनेको छ ।

कोरोना भाईरस र भ्रष्टाचार

विश्वमा फैलीएको कोरोना भाईरस नेपालमा पनि प्रबेश गरिसकेको छ । स्वस्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ९ जना कोरोना भाईरसबाट संक्रमित भएको तथ्यांक सार्वजनिक गरेको छ । जस मध्ये १ जना निको भएर घर फर्किएको र बाँकी ८ जना उपचार कै क्रममा छन् । सबै नेपालीहरु पनि यो रोगबाट त्रसित छन् । अमेरिका, स्पेन, ईटाली, चिन, बेलायत जस्ता बिकसित देशहरुलई नै यो भाइरसले थला पारेको छ । धन्न नेपाल कोरोना भाईरसको पहिलो चरणको मात्र छ । नेपाल सरकारले घोषण गरेको लकडाउन नेपाली जनताले ईमान्दारपुर्बक पालना गरिरहेका छन् । यो रोगको त्रासको कारण कसैले लकडाउनको उल्लंघन गरेका छैनन् । विश्व स्वस्थ सङ्गठनले पहिलो चरणको आफ्नो प्रतिबेदनमै नेपाल कोरोना भाईरसको उच्च जोखिम रहेको उल्लेख गरेको थियो । त्यति खेर नेपाल सरकारले कानमा तेल हालेर बस्यो । केहि वास्ता गरेन यतिसम्म कि अन्तर्राष्ट्रिय उडान र सिमानाहरू समेत बन्द गरेन । जब यो भाईरसले तिब्र गति लियो त्यस पछी मात्र सरकारले चासो लियो । यो रोगको उपचारमा संलग्न डाक्टर र नर्सहरुलाई सरेर धेरैको मृत्यू भैसकेको छ । सुरक्षित सामाग्रीहरुको अभावमा यो रोग सर्ने गर्दछ । विकसित देशका डाक्टर र नर्सहरु समेत सुरक्षित रहन सकेका छैनन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्रीमा खरिद मै अनियमिता भएको छ । पहिलो गाँस नै ढुंगा भएको छ । यस्तो संघीन समयमा पनि नेताहरुले भ्रष्टाचार गर्न पछी परेनन् । चिनबाट पाँच किसिमको औषधि ल्याउदा नै करोडौ भ्रष्टाचार भएको छ । स्वास्थ्य सामग्री खरिदका लागि अढाइ महिनाअघि नै बढेको प्रक्रिया रद्द गरी स्वास्थ्य मन्त्रालयले विवादास्पद तरिकाले ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनल प्रालिलाई हतार–हतार महँगोमा सामग्री किन्ने गरी सम्झौता गरेको थियो ।

तर, उक्त कम्पनीलाई ठेक्का दिलाउने प्रक्रियामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलेका कान्छा छोरा स्वराज पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालका छोरा क्षितिज रिमालको मुख्य भूमिका रहेको थियो । ओम्नी ग्रुपले पाँच टन सामान ल्याउदा सामान्य मूल्य भन्दा ११,००,०००्र अमेरिकन डलर फरक हुन आउँछ । नेपालीमा यसलाई रुपान्तरण गर्दा १३ करोड २० लाख रुपैयाँ देखिन्छ । यति सामान मै यति धेरै रकम भ्रष्टाचार गरेको पाईन्छ । सामाजिक संजाल र विभिन्न संचार माध्यमा यसको घोर बिरोध भएपछी प्रधानमन्त्री केपी ओलीले आफुलाई जानकारी नभएको गैरजिम्मेवार अभिव्यक्ति दिन्छन् । यस्तो महामारीको बेलामा पनि भ्रष्टाचार गर्न छाडदैनन् अरु बेला त सामान्य नै भयो । सम्वृद्धिको रटानले मात्र सम्बृद्धि हुन्न त्यसको लागि काम गर्ने ईमान्दारीता, इच्छाशक्ति, निरन्तरता र कार्यकुसलता पनि चाहिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना भाईरस र भ्रष्टाचार" A few seconds ago

सम्बन्धित खवर