११, कात्तिक, बेलबारी । मोरङको बेलबारी-११ लक्ष्मीमार्ग स्थित प्रस्तावित रंगशालामा (बिहीबार) बाट चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले कार्यक्रमको ब्यानर अंकित बेलून आकाशमा उडाएर खेलको एमपायरलाई बल हस्तान्तरण गरेर गरेका थिए।

कार्यक्रममा विभिन्न राजनीतिक पार्टी,संघ संस्था लगायत खेलप्रमीहरुको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा च्यासल युथ क्लबका कोच र च्यासल युथ क्लबका खेलाडी विकाश मेरगेलिया लाई ढाका टोपी,फुलमाला र खदा लगाएर सम्मान गरिएको थियो ।

खेलकुदको माध्यमबाट बेलबारीलाई चिनाउने,स्थानीय खेलाडीहरुलाई हौसला प्रदान गर्न र बेलबारीलाई फुटबल हभ बनाउन चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ को आयोजना गरिएको क्लबका अध्यक्ष बिक्रम राईले बताए।

मोरङ, धनकुटा, उदयपुर, झापा र रोयल फुटबल क्लब सिलिगुडीका गरी विभिन्न ८ वटा टिमले सहभागिता जनाउने यस प्रतियोगिताको पहिलो खेल आज च्यासल युथ क्लब (काठमाडौं) र रोलिङ क्लब धुलाबारी,झापा बिच भएको थियो । उक्त खेलमा १:१ खेलको बराबारीमा भएपछी ट्राईबेकर भएको थियो । ट्राइबेकरमा रोलिङ क्लव धुलाबारीका तर्फबाट मार्टिन सोली, जोन जोरु, बविन बोहोरा र रोहन कार्कीले गोल गर्न सफल भए भने च्यासलका तर्फबाट अजित गुरुङ, मैसा र केचा एनिकले गोल गरे अर्विन राईको बल गोरक्षक मनोज प्रधानले बचाए त्यस्तै कमल श्रेष्ठको बल बारमा लागेर फर्कियोदा रोलिङ क्लव धुलाबारीले ३÷४ अन्तरले जित्दै सेमिफाइनल प्रबेस गरेको हो ।

प्रतियोगिताको म्यान अफद म्याच रोलिङ क्लव धुलाबारीका गोल रक्षक मनोज प्रधान धोषित हुदै नगद ५ हजार ५ सय प्राप्त गरे । भोलिको खेल सशस्त्र प्रहरीबल काठमाडौ र आमुक परिवार वष्ट बगालका विच हुनेछ । प्रतियोगिताको विजेता टीमले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार सहित ट्रफि प्राप्त गर्ने क्लवका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए । रोलिङ क्लब धुलाबारीले ३-४ गोलको अन्तरले जित्दै सेमिफाइनल प्रबेस गरेको हो ।

आज बाट शुरु भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी बेलबारी गोल्डकप प्रतियोगिता कार्तिक ११ गते देखि १७ गतेसम्म हुनेछ । प्रतियोगिताका बिजेता टिमले ५ लाख र उपबिजेता टिमले २ लाख ५० हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र पाउने छन् ।



