निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त – Satabdi News

निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त

५ असोज, काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’मा एक्सन तथा फिल्म निर्देशक चन्द्र पन्त निर्माताका रुपमा अनुबन्धित भएका छन् ।

अभिनेता राज कटुवाल पनि यस फिल्मको निर्माता हुन् । चलचित्र विकास बोर्डका निवर्तमान सदस्यसमेत रहेका राजले फिल्म ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन् ।

झण्डै दुई दर्जन बढी फिल्ममा द्वन्द्व निर्देशकका रुपमा काम गरिसकेका चन्द्रले भोजपुरी फिल्म ‘निरहुवा चलल लण्डन’मार्फत निर्देशनमा पाइला चालेका थिए । उनले निर्देशन गरेको नेपाली फिल्म ‘माही’ हो भने हाल छायांकन चरणमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा पनि चन्द्रकै निर्देशन हेर्न सकिन्छ ।

यतिबेला यस फिल्मको छायाकंन गर्ने तयारी गर्दै निर्माण टिम र कलाकारहरु छायाकंन स्थल मुस्ताङ पुगेका छन् । छायाकंनअघि यस फिल्मका मुख्य कलाकारहरु र निमार्ण टिमको लाइनअप सार्वजनिक भइरहेको छ ।

प्रेमकथा रहने यस फिल्मका लागि यसअघि नै मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान अनुबन्धित भइसकेका छन्, भने अर्की मुख्य अभिनेत्रीका रुपमा करिश्मा श्रेष्ठ पनि अनुबन्धित भइसकेकी छन् । अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् यसै फिल्ममार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन् ।
फिल्म ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले ‘लभ सब’ र ‘बाबु कान्छा’ पछि कुनै पनि फिल्ममा अभिनय नगरेर लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् । यस्तै, यसै फिल्मको एक मुख्य पात्रको रुपमा केही दिन अघि अभिनेता प्रशान्त ताम्राकार पनि अनुबन्धित भएका छन् । उनको भूमिका बारे निर्माण टिमले कुनै जानकारी खुलाएको छैन ।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन् ।

फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने भएको छ । पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ । दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र..." A few seconds ago

सम्बन्धित खवर