फिल्म ‘मायावी’मा सुशिल सिटौला अनुवन्धित – Satabdi News

फिल्म ‘मायावी’मा सुशिल सिटौला अनुवन्धित

२४ भाद्र, काठमाडौ । आफूले काम गरेका हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका नायक सुशिल सिटौला निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुवन्धित भएका छन् ।

निर्देशक भट्टराइले फिल्ममा सुशिललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिए । सुशिलले यस अघि अभिनय गरेका होस्टेल रिटन्र्स, गाजा बाजा, रणवीर, जुलेबी, एैँचो पैँचोबाट आप्नो कामको निकै प्रशंसा पाएका थिए ।

निर्देशक भट्टराइले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार फिल्म निर्माणको घोषणा गरेका थिए ।

फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाई मुख्य कलाकारको रुपमा फाइनल भैसकेका छन् । पल शाहले करिब २ बर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् । नायिका प्रसाँइले भने ‘ऐश्वर्य’मा दिवाकरसँग काम गरिसकेकी छिन् ।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही समयपछि जानकारी दिने निर्माणपक्षले बताएको छ । फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ ।

दिवाकरले यसअघि ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फिल्म ‘मायावी’मा सुशिल सिटौला अनुवन्धित" A few seconds ago

सम्बन्धित खवर