‘जीवनसाथी’ माघ १३ गतेदेखि देशभर प्रदर्शन हुने – Satabdi News

‘जीवनसाथी’ माघ १३ गतेदेखि देशभर प्रदर्शन हुने

८ माघ, काठमाडौ । प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’ आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो ।

यो चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् । प्रिन्सराज श्रेष्ठ, भरत कुमार मल्ल, दिपक तामाङ लामाको निर्माण रहेको चलचित्र फायर इन्टरप्राइजेज प्रा.लि. र सिन्का फिल्म प्रोडक्सन प्रा.लि.ले निर्माण गरेको हो ।

भरतकुमार मल्लको प्रस्तुति रहेको चलचित्र मुलुकबाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिएका छन् । नेपाली तथा तामाङ भाषाको दर्जनौं सफल चलचित्रहरु प्रस्तुत गरिसकेका निर्देशक लामा दर्शकले चलचित्र रुचाउनेमा विश्वस्त छन् । चलचित्रको वितरक आर.आर. फिल्मसको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘जीवनसाथी’ माघ १३ गतेदेखि देशभर प्रदर्शन हुने" A few seconds ago

सम्बन्धित खवर