रारा फुटबल क्लब धनकुटालाई हराउदै सशस्त्र प्रहरी बल काठमाडौँ फाइनलमा – Satabdi News

रारा फुटबल क्लब धनकुटालाई हराउदै सशस्त्र प्रहरी बल काठमाडौँ फाइनलमा

कार्तिक १७, बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ मा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल काठमाडौँ र रारा फुटबल क्लब धनकुटा बिच भएको थियो । प्रतियोगितामा रारा फुटबल क्लब धनकुटालाई ०-२ गोलले हराउँदै सशस्त्र प्रहरी बल काठमाडौँ फाइनलमा प्रवेश गरेको छ ।

खेलमा सशस्त्र प्रहरी बल काठमाडौँका खेलाडी आशिष लामाले पहिलो हाफ पछि प्यानेल्टी सुट आउटमार्फत ७६ औं मिनेटमा पहिलो गोल गरेर खाता खोलेका थिए । सुरु देखि नै दबाबमा राखेको सशस्त्र प्रहरी बल काठमाडौँले मध्यान्तर पछि रारा फुटबल क्लबलाई झनै दबाबमा राख्यो ।

पहिलो गोल भएको लगत्तै ८ मिनेट अर्थात् ८४ औँ मिनेटमा सशस्त्र प्रहरी बल काठमाडौँले अर्को गोल लगाउन सफल भयो ।
प्रहरी बलका खेलाडी नवीन लामाले पुन: अर्को गोल गर्दै टिमलाई २–० का अग्रता कायम गरे । खेल निकै प्रतिस्पर्धात्मक भए पनि कुनै गोल गर्न नसक्दा रारा फुटबल क्लब धनकुटा प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रतियोगितामा खेलको म्यान अफ द म्याच सशस्त्र प्रहरी बल काठमाडौँका खेलाडी सनीस श्रेष्ठ घोषित भए । श्रेष्ठले नगद ५ हजार ५ सय र ट्रफि पुरस्कर पाएका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सांसद लोकप्रसाद सङ्ग्रौलाले उपाधि र नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्तिक १७ गते बुधबार फाइनल खेल हुने छ । फाइनल खेल हिमालयन शेर्पा क्लब काठमाडौँ र सशस्त्र प्रहरी बल काठमाडौँ बिच प्रतिस्पर्धा हुने आयोजक कमिटीका अध्यक्ष विक्रम बान्तवा राईले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रारा फुटबल क्लब धनकुटालाई हराउदै सशस्त्र प्रहरी..." A few seconds ago

सम्बन्धित खवर