बान्तावा भाषाको रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन तालिम सम्पन्न – Satabdi News

बान्तावा भाषाको रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन तालिम सम्पन्न

अर्जुन राई अपहेलित 

९ असोज, काठमाडौं । किरात राई बान्तावा खिम उपत्यका कार्य समितिद्वारा आयोजित बान्तावा भाषाको रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चाल तालिम सम्पन्न भएको छ ।

आज (शनिबार) खिमको केन्द्रीय अध्यक्ष ज्ञान किरातिको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रम सभापती खम्ब राई, प्रमुख अतिथी ज्ञान किराती, विशिष्ट अतिथी माननीय सांसद सुदन किराती लगाएत अन्य अतिथिको उपस्तिथिमा तिनचुलामा आगो बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

काठमाडौंको कोटेश्वर स्थित किरात राई यायोख्खा भवनको सुम्निमा हलमा गत २ गते बाट सुरु गरिएको एक हप्ते रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोता एवं सञ्चालन तालिम आज समापन गरिएको हो ।

रेडियो नेपालका पत्रकार अमरध्वोज लामा, पत्रकार एवं बान्तावा खिम केन्द्रीय सचिव रिता राई राराहाङ, नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता एवं समाचार वाचक गजुर्धन राई र बुङ्वाखा मासिक पत्रीकाका सम्पादक पदम वालाहाङ राईले प्रशिक्षकको रुपमा उक्त एक हप्ते तालिमको सहजीकरण गरेका थिए ।

उक्त तालिममा १४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । यसरी सहभागी हुनेमा विष्णु देवास राई, कमला राई, खान्नुबुङ वालाहाङ, कमला राई, पञ्चबुङ राई, यादब समीर राई, नङनुम्मा राई, निनाम्मा राई, नव दूर्गा राई, चन्द्रकला राई, नितम राई, शुक्र राई, कमला ‘करु’ राई, अनिषा राई र अर्जुन राई रहेका छन् ।

तालिम समापनको अवसर पारेर प्रशिक्षकहरुलाई सेतो फेटा गुठाएर सम्मान गरिएको थियो भने प्रशिक्षार्थीहरुको तर्फबाट मायाको चिनो वितरण गरिएको थियो ।

विज्ञान र प्रविधिको आधुनिक युगको सञ्चार जगतमा बान्तावा भाषालाई बृहत् रुपमा स्थापित गर्ने उद्देश्यले काठमाडौंमा बसोबास गरि अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि आधारभुत पत्रकारिता तालिम अन्तर्गत कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीले आउदै गरेको २०७८ को जनगणना सफल पार्न बान्तावा भाषीको यकिन तथ्यांक संकलनका लागि सबैले जुटेर अघि बढ्न निर्देशन दिएका छन् ।

अध्यक्ष किरातिले जातीको महलमा ‘राई’, पूर्खाको भाषा ‘बान्तावा’, मातृभाषा ‘बान्तावा’, धर्मको महलमा ‘किरात’ र दोस्रो भाषाको महलमा छिमेकमा बोलिने कुनैपनी भाषा लेख्न र लेखाउन आग्रह गरेका छन् ।

कार्यक्रममा किरात राई यायोख्खाका महासचिव जनक राई, बान्तावा खिम उपत्यका कार्य समितिका सल्लाहकार किवाङहाङ राई, रमेश राई लागाएतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बान्तावा भाषाको रेडियो तथा टेलिभिजन कार्यक्रम स..." A few seconds ago

सम्बन्धित खवर