जवरजस्ती करणी मुद्दामा फरार अभियुक्त ११ महिना पछि पक्राउ – Satabdi News

जवरजस्ती करणी मुद्दामा फरार अभियुक्त ११ महिना पछि पक्राउ

साउन २४ बेलबारी । बेलबारी वडा नं ११ लक्ष्मीमार्ग बस्ने एक व्यक्ति ११ महिना पछि पक्राउ परेको छ ।

गत बर्ष भदौ ०९ गते १५ बर्षिया बालिकलाई जंगलमा निगुरो टिप्ने क्रममा जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । पक्राउ पर्नेमा बेलबारी वडा नं ११ का होमे तामाङ रहेको छ । उनले भुईमा लडाउन लगाई पालैपालो करणी गर्छु नत्र लाठीले कुट्छु मार्छु भनि डर त्रास देखाई पालैपालो करणी गरेको खुलेको छ ।

उनी विगत ३ महिना देखि जिल्ला चितवन राप्ती न.पा.वडा नं १ पिप्ले स्थितमा एक होटलमा काम गर्ने गरेको प्राप्त सुचनाका आधारमा उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय बेलबारीबाट संयुक्त रुपमा खटिएको टोलीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय भण्डारा चितवनसँग समन्वय गरी साउन २३ गते बिहान ७ सात बजेको समयमा पक्राउ गरि म्याद थप भई हाल थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जवरजस्ती करणी मुद्दामा फरार अभियुक्त ११ महिना प..." A few seconds ago

सम्बन्धित खवर