हुकुम मर्जी बक्सेको सनाद बि.सं १९५८ को थुं पानथर र बि.सं १९६९ को थुं तेह्रथुम – Satabdi News

हुकुम मर्जी बक्सेको सनाद बि.सं १९५८ को थुं पानथर र बि.सं १९६९ को थुं तेह्रथुम

वसन्त खापुङ ।

वसन्त खापुङ । आबादीको हकमा अघि भएको सनाद सदर छ । किपटिया लिम्बूले १६ आना खाई आफ्ना किपटको बाझो र पाखो पानी षेत गरी तिरो भरो गरी खानु भनी ४ किल्ला शोलि दिने र सो लेखियाको बाझो जग्गा आबाद गरी बस्ति बसाएको र पानी षेत गरी आवाद गरेको जग्गाको जाच आया पछि थिति बमोजिम तिरो भोरो गर्ने गराउने भन्ने उल्लेख सनाद सुबामान बहादुर खापुङ(जिजु बुबा ज्यू) ले आफ्नै हातले लेखी राखेको धुमिल कागज सक्कलको नक्कल उतार सनाद हो यो । सुबामान बहादुरको तत्कालिन समयमा कानुनी लेखापडीमा अत्यन्तै प्रभावशाली दक्खल देखिन्छ । सनाद ,सवाल , ईस्तिहार, रुक्का कास्यपत्रम् ,लालमोहरहरु शाह ,राणा राजा महाराजाहरुले र सरकारी अधिकारीहरु बाट जारी भएको ऐतिहासिक दस्तावेजहरु आफैले नकल उतार गरी राखेका देखिन्छन् ।

धनकुटा गौडामा आएका तैनाथवाला बडाहाकिमहरुले उनको पक्षमा गरेको मुद्घाको फैसला, धनकुटा गौडाका बडाहाकिमले लेखेको उनलाई चिठीपत्र पनि संग्रहित छन् । उनले तत्कालिन समयको मुद्घाहरु प्रायस हारेनन् । अतः तत्कालिन सुब्बाहरुको टकराब संगै थरी मुखियाको भित्री षडयन्त्रमा परेर झुटो ज्यान मुद्घामा जेल समेत परे । उनको कानुनमा भएको दक्खलको कारण धनकुटा गौडाको अदालतमा परेको मुद्घाहरु जिताईदिनका लागि लिम्बुवान भरिका प्रायस अन्यायमा परेका लिम्बूहरु पहुच बिहिन गरिब निमुखा गैर लिम्बूहरु मोराहाङ मौजामा रहेको उनको तत्कालिन राणाकालको समयमा आराले काठ कटाएर ताप्लेजुङका सिकर्मी डकर्मीले निर्माण गरेको सानदार निबासमा आईरहन्थे ।

सुब्बामान बहादुर

सामन्तहरुको जालझेलको अन्याय बिरुद्घ कानुनी रुपमा लेखेका लेख, धनकुटा गौडाका बडाहाकिमलाई लेखेका बिन्तिपत्रहरु, श्री ३ महाराजलाई लेखेको बिन्तिपत्र, धनकुटा गौडाले गरेको अरिङगाले ज्यान काण्ड मुद्घा उनी र उनका भाईहरुको जितपत्र जाहेरी फैसलाको ५ मिटर लामो लेखत लगायत थुप्रै कागजहरु जीवन्त रुपमा अझै पनि संगालिएकै छ उनका धुमिल खण्डहर नेपाली तमसुकी कागजका ठेलीहरुमा । तत्कालिन परिबेशमा खस भाषाको अत्यन्तै प्रभाव भएको बखतमा घरानिया थरी मुखिया बाहुन, क्षेत्री ठकुरीमा कानुन लेखापडीमा प्रभाव हुन्थ्यो । तथापी एउटा सामान्य लिम्बू परिवारमा जन्मिएको सुबा मान बहादुरको लेखापडीलाई अध्ययन अनुसन्धान गर्ने हो, भने तत्कालिन समयका लिम्बूहरुमा उनी जतिको लेखापडीमा दक्षता र दक्खल भएको संभवत राणाकालमा लिम्बुवान भरीका लिम्बूहरु थिएनन् नै भन्न सकिन्छ । उनले संग्रहित गरेका कागजातहरु हेर्ने र अध्ययन, अनुसन्धान गर्ने हो भने अहिले सम्म प्रकाशनमा आएका लिम्बुवानसंग सम्बन्धित पुस्तकमा दस्तावेजिकरण भएका बाहेकका थुप्रै ऐतिहासिक टिपोट, स्रोत प्रमाण भेटिन्छन् ।

मोराहाङ घरमा रहदा एउटा युगको परिबेश, ईतिहास, थिति, नियम, कानुन, भुमि ब्यबस्था लगायतको पाण्डुलिपी धुमिल खण्डहर कागज अध्ययन अनुसन्धान गर्दा पढ्दा र खोज अनुसन्धान गर्दा नथाकने मेरो मस्तिस्कलाई फनफनी घुमाईरहन्छ उनले लेखेर संग्रहित गरी छोडी गएका यी ऎतिहासिक दस्तावेजहरुले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हुकुम मर्जी बक्सेको सनाद बि.सं १९५८ को थुं पानथ..." A few seconds ago

सम्बन्धित खवर