ओलिको कदम असंबैधानिक मात्र हैन सर्बोच्चको फैसला बिरुद्द पनि छ : अधिवक्ता योन्जन – Satabdi News

ओलिको कदम असंबैधानिक मात्र हैन सर्बोच्चको फैसला बिरुद्द पनि छ : अधिवक्ता योन्जन

जेठ ८ – मेरो ब्रह्मले देखेको लेख्छु ! यो संविधानको मर्म अर्थात् भावना ( spirit or letter of law) यस्तो छ !

यो सरकार नेपालको संविधान २०७२ को धारा ७६(३) अनुसार बनेको सरकार हो ! संविधानको धारा ७६(३) बमोजिमको सरकारले ७६(४) बमोजिम ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्छ ! यो संविधानमा स्पस्ट उल्लेख भएको बन्धन्कारी ब्यबस्था हो ! यदि कसैले म बिश्वासको लिन्न्न, मलाई मन छैन भन्नुको अर्थ म संविधान मान्दिन र मसंविधान भन्दा माथी हो भनेको बुझ्नुपर्छ !

यो बिश्वासको मत असफल भएमा बल्ल धारा ७६(५) को प्रक्रिया शुरु अर्थात् क्रियाशिल हुन्छ ! संविधानको धारा ७६(३) बमोजिम बनेको प्रधानमन्त्रीले बिश्वासको मत कहिले लिनुभयो ? धारा ७६(३) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीको ३० दिन कहिले पुग्यो ? सरकार निर्माणको संबिधानमा लेखिएको प्रक्रिया पूरा नगरी ७६(५) मा एक्कासि भ्यागुतो उफ्राइमा प्रवेश भएको अनुमान गर्न मिल्छ ? संविधानको धारा ७६(३) बमोजिम बनेको सरकारले धारा ७६(४) बमोजिम असफल वा बिश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले संविधानत: ७६(५) को दाबी गर्नै सक्दैन ! मेरो केहि साथिहरुलाई विशेष अनुरोध नै छ !

२०७७ फल्गुण ११ गतेको सर्बोच्चको फैसला राम्ररी पढ्नुहोस, त्यसमा धारा ७६(३,४,५ र ७) को प्रक्रिया कसरी कार्यन्वयन हुन्छ भन्ने समेत स्पष्ट उल्लेख गरेको छ ! त्यसैले, अहिलेको संसद विघटनको कदम त्यो फैसलाको पनि बिपरीत छ ! यो कदम उक्त फैसलाको समेत अबहेलना हो ! ब्यक्तिगत स्वार्थको लागि मुलुकको संविधानमाथि नै पटक -पटक जालझेल र कपटपूर्ण तरिकाले किर्ते काम गर्ने ? दुनियालाई मुर्ख बनाउन खोज्ने ? अनि जनतामा जाने भन्ने ? के जनताले मागेको निर्वाचन हो कि सुशासन र covid विरुद्धको बिजय प्राप्त गर्ने कुरा हो ? हिजो संविधान बनाएको जनताले होईन ? अनि जनताले अहिले चुनाबमा आउनु भनेर बोलाएको छ ? आफ्नै कर्मका कारण केही ठाँउ बाहेक हार्ने चुनावमा बिजुली गतिमा जान किन यति हतार ?

यसका पछाडी केहि राजनीतिक र ब्यक्तिगत स्वार्थहरु होलान् तर खासमा, यो सरकारले आगामी संसदमा पेश हुने निति तथा कार्यक्रम असफल अर्थात् फेल भएमा सत्ताबाट स्वत: हात धुनुपर्ने र राजीनामा दिनुपर्ने भएकोले संसद विघटन गरेको दुनियाले बुझेका छन् ! त्यसैले, भारतको संविधान जारी गरेपश्चात् , संविधानको मस्यौदाकर्तामध्ये संविधानका जानकार विद्वान् अम्बेडकरले भनेको माहावाक्य छ, “संविधान जतिसुकै खराव लेखिएको होस्, यदि त्यसको कार्यन्वयन गर्ने ब्यक्ति असल छ भने संविधान असल हुन्छ तर संविधान जतिसुकै असल बनोस् वा लेखिएको होस्, त्यसको कार्यन्वयन गर्ने शासक खराव छ भने संविधान खराव नै हुन्छ !” अपेक्षा गरौं, अदालतमा हुने न्यायीक परीक्षणको क्रममा न्यायापालिकाले संविधान सभाले संविधान निर्माण गर्दा लेखिएको शब्द र भावनाको ( true sense of word and will or intention of the legialation ) को सैद्धान्तिक ब्याख्या गर्नेछ र जनताको लामो संघर्षले प्राप्त गरेको संविधान र संविधानबादको मुल मर्म र भावनाले पुनः जिबित हुनेछ !

अधिवक्ता : यमकुमार योन्जन !
(PHD Scholar )

(नेपाल ल क्याम्पसमा प्राध्यापनरत योन्जन संबैधानिक कानूनमा बिद्याबारिधी गर्दै छन् !)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओलिको कदम असंबैधानिक मात्र हैन सर्बोच्चको फैसला..." A few seconds ago

सम्बन्धित खवर