राईवाद नव ब्राह्मणवादको पर्यावाची हो – Satabdi News

राईवाद नव ब्राह्मणवादको पर्यावाची हो

कुमार जेरो                                                                     राईवाद वास्तवमा ब्राह्मणवादको नयाँ स्वरुप हो । ब्राह्मणवाद कालखण्ड बित्दै जाने क्रममा यसले पनि आफ्नो स्वरूप परिवर्तन गराउदै एक जातिबाट अर्को जातिमा (पुस्तान्तरण) जिन सारिरहेको देखिन्छ । विगतमा भए जस्तो एउटा बाहुन, जैषी, क्षेत्री, कुमाई र हिन्दु कर्मकाण्डको वकालत गर्ने जातमा मात्रै सिमित भएको अवस्था छैन । त्यसो हुँदा किराती भित्र पनि नव ब्राह्मणवाद वा बाहुनवाद पर्यावाचीको रूपमा राईवाद देखा परिरहेको सजिलै अनुमान गर्न सकिन्छ ।

बाहुनवाद/राईवाद के हो ?
ब्रह्माणवाद वा बाहुनवाद/ राईवाद भनेको दृष्टिकोण, विचारधारा, सर्वसत्तावादी, मानसिकता, मनोवृत्ति, आत्मा केन्द्रीत साथै स्वतन्त्रता, समानता र भातृत्वको भावनालाई अस्विकार गर्नु हो । ब्राह्मणवाद, बाहुनवादी वास्तवमा हिन्दुवादीसङ्ग सम्बन्ध राख्ने जातीय विभेद र रुढीबादीमा विश्वास गर्ने सो अनुरुपको व्यवहार गर्ने बाहुन, जैषी, क्षेत्री कुमाई जातलाई भन्न खोजिएको हो । नाक चुच्चे परेको आर्य जो जात, प्रथा, हिन्हुवाद कर्मकाण्डको वकालत गर्दछन्, ती सबै बाहुनवादी हुन् । फेरि यहाँ बाहुन, जैषी, क्षेत्री कुमाइ जातिहरु रिसाउनु पर्ने छैन मैले जाती विशेषलाई इङ्गित गर्न खोजेको छैन । त्यसो भएपछि बाहुन र बाहुनवाद बीचको अन्तर बुझ्नु जरुरी छ । बाहुन भनेको वर्ण मात्रै हो बाहुन जातिलाई दोष दिनु मिल्दैन । बाहुनलाई देखनसाथ उसलाई ब्राह्मणवादी वा बाहुनवादी शासक वा शोषक जातको रूपमा हेर्नू वा ठान्नु हुदैन । बाहुन हुनु उसको इच्छा वा रहर गरेर कसको कोखमा जन्मिने भन्ने पनि हुदैन ।

बाहुनवादी भन्नाले जातीय भेदभावमा विश्वास राख्ने, छुवाछूत गर्ने, बिज्ञान विरोधी गर्ने, अग्रगमनलाई विरोध गर्ने, स्वायत्तताको विरोध गर्नु आदि गलत विशेषता बोकेका मानिसहरुलाई बुझ्नुपर्छ यस्तो धेरै मात्रामा हिन्दुधर्ममा आस्था राख्ने समुदाय भित्र देखिन्छन् । यो चरितार्थ नव ब्राह्मणवादको रूपमा राईवाद उदय भएको देखिन्छ । किराती महाजाती भित्रको विविधतालाई अस्वीकार गर्ने, अग्रगमनलाई विरोध गर्ने, किराती समुदाय भित्रको जाती पहिचानको कुरा गर्दा फुटको भ्रमक अफवाह फैलाउने, जातीय स्वायत्तताको विरोध गर्ने, यस्ता गलत विशेषता बोकेका राईदारी नै नव बाहुनवादको पर्यावाचीको रूपमा परिभाषित गर्न सकिन्छ । बाहुनवादी हुनका लागि नाक चुच्चे भइराख्नु पर्छ भन्ने छैन । ब्राह्मणवाद नाकले होइन विचार र व्यवहारले हुने कुरा हो, त्यसैले थेप्चो नाक भएर पनि आजको नव बाहुनवाद नै राईवाद हो । फेरि नाक चुच्चे भएपछि सबै बाहुनवादी नाक थेप्चो भएपछि बाहुनवाद बिरोधि ठान्नु जुन प्रचलन छ त्यो गलत हो ।

राईवादिहरुको नै भाषामा भन्नू पर्दा राई भाषिक समुह, जो संख्याको आधारमा ठुला भनाउदाहरुले नै भाषिक समुहमा आ-आफ्नो भाषिक समूहहरु सामाजिक संस्था दर्ता ऎन २०३४ बमोजिम जि.प्र.का.मा एनजीओको रूपमा दर्ता गरेर विभिन्न समुहमा विभाजन गर्ने गरेको देखिन्छ अनि आज आएर बिभाजनकारी हामीलाई देख्ने ? हामी सबै सामाजिक संस्था ऎन २०३४ बमोजिम नै एनजीओको रूपमा दर्ता भएका मेरो भाषामा जातीय संस्था, राईवादिको भाषामा भाषिक संस्थाको दर्ता मिति हेरौ कसले अगाडि दर्ता गरेको छौ अगाडि दर्ता गर्ने कि पछी दर्ता गर्ने बिभाजनकारी को हो ? भनेर प्रष्ट हुन्छ आफुले गर्दा सहि अरुले गर्दा गलत बुझ्नु नै बाहुनवाद हो । आज भाषिक छाता संगठनका रूपमा स्थापना गरेको संस्था (एनजीओ)ले सबै जातीको भाषा, संस्कार, संस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्छ भने सबै भाषिक संस्था खारेज गरौन त । तर राईवादीहरुलाई नै विश्वास छैन र सक्दैन भन्ने लागेको छ । त्यही भएर नै आ-आफ्नो भाषिक संस्थाहरु दर्ता गरेको भन्ने कुरा सजिलैसँग नजरअन्दाज गर्न सकिन्छ । कुनै जातिको पहिचान, भाषा, धर्म, संस्कार संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्न एउटा एनजीओले गर्न सक्दैन त्यो राज्य साथै सम्बन्धित समुदायले जिम्मेवारी लिनु पर्छ भन्ने हाम्रो राय हो यसो भन्दा नव उदयमान बाहुनवादीको अर्को स्वरूपमा राईवादीले अस्विकार गरेको अवस्था छ । त्यो कुरा नव बाहुनवादको स्वरूप राईवादीको दबदबाहा थिचोमिचो गरिएको छ भनौ अस्विकार गरिएको छ । हामी समस्या मात्रै औल्याउँदै समस्या देखि भाग्ने गर्दैनौं बरु राइवादीहरुको भन्दा मजबुत रूपमा किरातीहरुको एकता देखेको छौ । मेरो निचोड नव ब्राह्मणवादको स्वरूप राईवाद (चरितार्थ) हो ।

लेखक:- कुमार जेरो राजनीतिशास्त्रका विद्यार्थी साथै पहिचानवादी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राईवाद नव ब्राह्मणवादको पर्यावाची हो" A few seconds ago

सम्बन्धित खवर