रेडकार्पेट युनिसेक्स सैलुन एन्ड एकेडेमी बेलबारीमा संचालन – Satabdi News

रेडकार्पेट युनिसेक्स सैलुन एन्ड एकेडेमी बेलबारीमा संचालन

असोज १९, बेलबारी । आधुनिक किसिमबाट कपाल र अनुहारको सौन्दर्यको लागी रेडकार्पेट युनिसेक्स सैलुन एन्ड एकेडेमी गत आईतबार देखि संचालनमा आएको छ । बेलबारीको इलाका प्रहरी कार्यलयको अगाडी रहेको घरको दोस्रो तल्लामा अबस्थित रहेको छ ।

सैलुन पस्न साथ एसीको चिसो हावा, वाईफाईपको ब्यबस्था, टेलिभिजन सहित रहेको सैलुनमा छुट्टै वाईटिङ रुमको पनि व्यवस्था रहेको छ । आफुले चाहेको डिजाइनमा जस्तो जुकै कपाल काट्न र हैयर कल्लर गर्ने सुविधा रहेको छ ।

रेडकार्पेट युनिसेक्स सैलुन एन्ड एकेडेमीको प्रोपाईटर टंक एक्चाई मगर भन्नु हुन्छ, “सुन्दर नगरी बेलबारीमा पुरुषहरुको लागी आधुनिक किसिमको हैयर सैलुनको आवश्यक भएकोले यो सैलुन संचालनमा ल्याईएको हो । यो भन्दा अगाडी बिराटचौकमा संचालन गरेका थियौं । त्यहा संचालन गरिराख्दा बिराटचौकको भन्दा बेलबारीकै सेवाग्राही धेरै थिए । बेलबारीको सेवाग्राहीलाई मध्यनजर गर्दै, हैयरमा नयापन दिनको लागी भए संचालन गरेको हौं ।”

भारतको चेनाईबाट ५ बर्षको अनुभव भएका व्यक्तिबाट पुरुष र महिला दुवैलाई सेवा गर्नेमा हामी सर्मपित भएका छौं । विशेष गरि कपाल काट्ने, कल्लर गर्ने, कपाल सिधा गर्ने, फेसियल, विवाह मेक अप, पार्टी मेक अप, नङमा आर्टस, मेहन्दी सबै किसिमको सेवा उपलब्ध गराएको छौं ।

यति मात्र नभएर हेयर सम्बन्धि सिक्न चाहनेको लागी एक महिनाको बेसिक हैयर कोर्स, २ महिनाको बेसिक हैयर एन्ड ब्युटि कोर्स र ६ महिनाको एडभान्स कोर्सको ब्यबस्था गरेको छौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रेडकार्पेट युनिसेक्स सैलुन एन्ड एकेडेमी बेलबारी..." A few seconds ago

सम्बन्धित खवर