सर्वत्र चर्चा परिचर्चामा किरण भुजेल – Satabdi News

सर्वत्र चर्चा परिचर्चामा किरण भुजेल

नेपाली साङ्गीतिक इतिहाँसमै एक ठुलो रियालिटी शो नेपाल आइडल सिजन(३ को फाइनल आगामी शुक्रबार सम्पन्न हुन गईरहेको छ ।
यसपटक बर्दिवासका किरण कुमार भुजेल, मोरङ्गकी सज्जा चौँलागाइँ र बर्दियाका प्रविण बेदवाल फाइनल चरणमा प्रतिष्पर्धा गर्दैछन् । अबको फाइनलमा आम दर्शकहरुले शुक्रबार साँझ ५ बजेसम्म एसएमएस र एप्सहरुबाट गर्ने भोटिङ्गको आधारमा उच्च भोट प्राप्त गर्ने प्रतिष्पर्धीले सिजन -३ को नेपाल आइडल जित्ने छन ।

पछिल्लो समय युट्युब ट्रेन्डिङ्गमा टप स्थान ओगटेका गीतहरु आँखामा बसाउ मलाई र गायिका मेलिना राईसंगको आवाजमा गुलेलीमा बोलको गीत युट्युव मार्फत सार्वजनिक गरि चर्चामा रहेका नेपाल आइडल सिजन(३ का प्रतिष्पर्धी किरण भुजेलको चर्चा यतिबेला सामाजिक सञ्जालहरुमा व्यापक रुपमा भइरहेको पाइन्छ । नेपाल आइडलको स्टेजमा प्रस्तुती दिँदा आम दर्शकको मन छुने प्रस्तुतीहरु दिएको र उनको प्रस्तुतीले देश बिदेशमा रहेका सम्पुर्ण नेपाली भाषीहरुलाई एकतामा जोडेकाले उनको चर्चा अन्तराष्ट्रिय रुपमै भइरहेको छ ।
पछिल्लो समय टप(४, टप(३ मा प्रवेश गर्दा अत्याधिक भोट प्राप्त गरेका किरणलाई नै यसपटकको आइडलको मुख्य दावेदारको रुपमा लिइएको छ । यधपी फाइनल चरण भाएका कारण तीनै जना प्रतिष्पर्धीहरु बिच कडा प्रतिष्पर्धा हुने कुरा किरण भुजेलको प्रचारप्रसार अभियानका एकजना गायक तथा संगीतकार प्रेम घिमिरे स्विकार्छन । यसै गरी अभियानमै खटिरहेका संगीतकार तथा गायक सुनिल कट्वाल पनि प्रतिष्पर्धा कडा हुने भएकाले आफुहरु किरणलाई जिताउँन रात दिन नभनी लागी परीरहेको बताउँछन ।

किरण भुजेल एक अथक संघर्षबाट आएको गायक भएकोले उनले आइडलमा पनि विभिन्न आरोह अवरोहहरु पार गरेका कारण अब बिजेता पनि उनै बन्ने सुनिल थप्छन् ।
उनीहरुले मधुर स्वारका धनी किरण भुजेललाई अत्याधिक भोट गरि बिजेता बनाइँदिन पनि अपिल गरेका छन् । किरणलाई भोट गर्न
नेपालबाट आफ्नो मोबाइलमा NI 03 टाइप गरि 37000 पठाउन सक्नुहुनेछ वा 16667703 Dial गरि आफ्नो मत दिन सक्नुहुनेछ।
भारतमा (Vodafone) प्रयोगकर्ताले 53010
कतारमा (Oredoo) प्रयोगकर्ताले 92300
मलेसियामा (All Tetecos) प्रयोगकर्ताले 33310
SMS गरि Vote गर्न सक्नुहुनेछ।
Online Voting गर्न Respect and Rise को एप्लिकेसन डाउनलोड गरि भोट गर्न सक्नुहुनेछ । वा Esewa बाट पनि गर्न सक्नुहुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सर्वत्र चर्चा परिचर्चामा किरण भुजेल" A few seconds ago

सम्बन्धित खवर