भिम लामाको चर्चित फिल्म `फेक फ्रेन्ड´को टिकटकले पाए रु ११,१,११ र फिल्म र भिडिवोमा खेल्ने अवसर – Satabdi News

भिम लामाको चर्चित फिल्म `फेक फ्रेन्ड´को टिकटकले पाए रु ११,१,११ र फिल्म र भिडिवोमा खेल्ने अवसर

असार ३१, इटहरी। बुद्ध इन्टरनेसनल फिल्मस प्रालि र डिपलभ कुलुङ्ग इन्टरटेनमेन्टद्वारा संचालित चलचित्र क्षेत्रमा नेपाल मै पहिलो  पल्ट भएको TIK TOK 2020  प्रतियोगिताको बिजेताहरुलाई पुरस्कार बितरण कार्यक्रम र  राष्ट्रिय गीत र गीतको म्युजिक भिडिवो बिमोचन कार्यक्रम मनशान्त होटल ईटहरीको हलमा भब्य रुपमा आज सम्पन्न भएको छ ।

बुद्ध इन्टरनेसनल फिल्मस प्रालिका अध्यक्ष एवंम चलचित्र निर्माता, निर्देशक , कलाकार भीम लामाको नब निर्मित फिल्म ” फेक फ्रेन्ड ” को गीत मा देशै भरिबाट बनाईएको TIK TOK 2020 मध्येबाट प्रथम धरान कि रक्षा राई छानिएका थिए। बिजेता राईले नगद रु ११,१११/- सहित सिल्ड प्रमाणपत्र ,अनि भिम लामाले बनाउने चलचित्रमा र म्युजिक भिडियोमा खेल्ने अवसर पाए।

दोस्रो बिजेता धरान कि अनु मगर र तेस्रो बिजेता काठमाडौ कि गुनगुन थापा भएका थिए। उनिहरुले सिल्ड प्रमाणपत्र र भिम लामाले बनाउने फिल्म र म्युजिक भिडियोमा खेल्ने अवसर पाए।

त्यसै गरि उक्त कार्यक्रममा चलचित्र निर्माता निर्देशक एवं कलाकार भीम लामाको निर्देशनमा रास्ट्रबादी भावनाले ओतप्रोत , राष्ट्र र रास्ट्रीयता अनि नेपाली जनता प्रती सत-प्रतिशत सरोकार रहेको प्रेम बिस्ट र गङ्गा गौतम आचार्यको आवाजमा ‘ जाउँ साथी सरर ‘ बोलको नेपाली राष्ट्रिय गीत र गीतको म्युजिक भिडिवो बिमोचन  गरिएको थियो।
बर्षौ देखि छिमेकी मुलुकले हाम्रो मातृभुमी माथी र नेपाली माथी हेपाहा र मिचाहा प्रवृत्ति गरिरहेको अवस्थामा हामीले देश र जनताको रक्षाको लागि तुरुन्तै हेपाहा र मिचाहा छिमेकी प्रति प्रतिकार गर्नु पर्छ भन्ने यो रास्ट्रबादी गीतको मुल आवाज रहेको र आफु जन्मेको बेलबारीको ठाँउहरु मा नै गितको छायांकन गरि एउटा बुलन्द गीत संगित मार्फत आवाज दिन खोजेको निर्देशक भीम लामाले सताब्दी न्युजलाई बताए।

यो राष्ट्रिय गीतमा बेलाबारी नगरपालिकाका उपप्रमुख ढाका पराजुली, प्रबक्ता योगेन्द्र सुवेदी, वडाका जनप्रतिनिधिहरु, सामाजिक अभियन्ता इरान राई, रुकमणि धिमाल ,केशव थापा मगर, हेम सागर ढकाल,  शान्ता मोक्तान तामाङ्ग ,शान्ति गुरुङ्ग , ऋषि राई, सन्जिब धिमाल , सम्झना धिमाल , पत्रकार शिव भट्टराई, मोडलहरु अनमोल खतिवडा , सिम्रन कार्की, कोरियोग्राफर रक्षा राई तथा कलाकारहरु उदय सुब्बा , सन्ध्या भुजेल ,बेदिना धिमाल ,इस्मिता धिमाल, लिसरा मगर, गृष्मा मगर, रिया एक्चाइ मगर, सिवानी राई, झोटन मेहता, शशिकला राई, पुजा तामाङ, स्मिर्ती राई र देब राज लगायत दर्जनौ ले म्युजिक भिडिवोमा अभिनय गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि अग्रज चलचित्र कलाकार निर्देशक निर्माता श्री प्रेम सुब्बा , बिशिस्ट अतिथिमा कवि गीतकार साहित्यकार बेलबारी नगरपालिका उप प्रमुख श्री तारा पराजुली, अतिथिमा कवि निबन्धकार नाटककार साहित्यकार सामाजिक अभियन्ता श्री ईरान राई , चलचित्र निर्देशक निर्माता पर्शुराम चौधरी,अरुण प्रधान, अशोक चेम्जोङ र लाखमान योन्जन लगाएत कलाकारहरू श्री प्रेम बिस्ट ,उदय सुब्बा ,होम पि भट्टराई , भावना भट्टराई ,शिव भट्टराई ,ईमान सिंह राई ,अनु मगर ,रक्षा राई,गृष्मा समाल मगर,सुनिता समाल मगर, VJ भुवन दाहाल ,सन्चारकर्मीहरुको उपस्तिथीमा चलचित्र निर्माता निर्देशक एवं कलाकार भिम लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भिम लामाको चर्चित फिल्म `फेक फ्रेन्ड´को टिकटकले..." A few seconds ago

सम्बन्धित खवर