“ फोटोमा देखिएको पुस्ता पुन ; दलित भएर बाँच्न चाँहदैन ” - शिव परियार – Satabdi News

“ फोटोमा देखिएको पुस्ता पुन ; दलित भएर बाँच्न चाँहदैन ” – शिव परियार

जातिय उत्पिडनमा परेका बर्गहरुको प्रतिनिधित्व गर्दै राजनिति गर्ने राजनितिकर्मि ,सभासद तथा नेताहरुले भबिश्यमा बिभेद बिरुद्द अझ्झै बलियो आवाज बनाँउने र यो संघर्षलाई अझ्झै बलियो रुपमा अगाडि लाने हो भने मेरो एउटा सुझाव छ ; समाजमा दलित सम्बोधित भएर अगाडि आउन नसकेका समाजको नयाँ पुस्ताका एउटा ठुलो युवा जनशक्तिको हिस्सा पनि छ, जस्को उपस्थिति जातिय बिभेद बिरुद्दको अभियानमा अत्यन्तै साहायक सिद्द बन्न सक्दछ । सदियौं बिभेद भोगेका नयाँ पुस्ताहरुलाई यो दलित सम्बोधनले आधुनिक युगमा पुन : तल पारिएको महशुस हुन्छ । त्यसैले अबको जातिय बिभेदको अभियानमा यो हिस्सालाई समेट्न पनि सम्मान जनक बर्ग सम्बोधनको शब्द ब्यवस्था गर्न आवश्यक छ । जस्ले गर्दा जातिय बिभेद बिरुदको आवाजलाई अझ्झ बलियो बनाएर अगाडि लान सकिनेछ । तर अहिलेको अवस्था हेर्दा त्यो ठुलो युवा जनशक्ति हिस्सालाई जातिय समानताका अभियानका अभियानकर्ताहरुले यो अभियानमा समेटन नसक्दा आज यो अभियान जुन रुपमा अगाडि बढ्नु पर्ने हो, त्यो रुपमा बढ्न सकेको छैन त्यसको मुल कारण नै दलित सम्बोधन हो । फलत ; समाजमा जातिय बिभेदले कस्तो घटनाको रुप लिएको छ सर्वबिदितै छ, यो सम्बेदनशिल बिषयमा सम्बन्धित निकाय ,ब्यक्ति तथा संस्थाको ध्यान जान सकोस !

बर्ग सम्बोधनार्थ प्रयोग गरिने दलित शब्द फेर्दैमा अर्को शब्दको ब्यवस्था गर्दैमा उत्पिडित बर्गको शैक्षिक, सामाजिक, उत्थानका लागि आरक्षण र कोटा अधिकार पनि स्वतस् बिघटन हुन्छ भन्ने हुँदैन । आरक्षण र कोटा यो बर्ग उथ्थानको सन्दर्भमा उत्पिडित बर्गको संघर्षबाट राज्यद्वारा प्राप्त गरिएको अधिकार हो यो कुनै ब्यक्तिको बपौति सम्पति होईन यस कुरामा धारे हात लगाउनुको कुनै अर्थ छैन । राज्यमा सबैले आफ्ना अधिकार सुनिश्चित गर्ने अधिकार छ तर अरुको अधिकार खोस्ने अधिकार कसैलाई पनि छैन ।

जातिय बिभेद, सामाजिक बिभेद, शैक्षिक बिभेद भोगेर आएको बर्गको सम्बोधनार्थ, दलितु एउटा सम्बोधनको शब्द मात्र हो यसको बिकल्पमा अनुसुचि जातिय उत्पिडित बर्गु लगायत धेरै बैकल्पिक सम्बोधनका शब्दहरु छन, जुन दलित शब्द भन्दा थोरै भएपनि सम्मान मह्शुस हुने छन ।

यो लेख शिव परियार फेसबुकबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "“ फोटोमा देखिएको पुस्ता पुन ; दलित भएर बाँच्न च..." A few seconds ago

सम्बन्धित खवर