महेश बस्नेत, सर्बेन्द्र खनाल विरुद्ध सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी – Satabdi News

महेश बस्नेत, सर्बेन्द्र खनाल विरुद्ध सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी

१८ बैशाख, बेलबारी । जनता समाजवादी पाटीका सांसद डा. सुरेन्द्र यादवले आज राष्ट्रिय मानव अधिकार आयोगका उजुरी दिएका छन। उनले नेकपा सांसद महेश बस्नेत, कृष्णा कुमार श्रेष्ठ र पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल विरुद्द उजुरी दिएका हुन।

आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले उजुरी दिएका हुन ।

अपहरण गरी बन्धक बनाइ काठमाडौं ल्याएको भन्दै उनले यसअघि महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता गर्न मनेको दिएन ।

आज बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन्।

‘सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ,’ सांसद यादवले दिएको निवेदनमा भनिएको छ।

गत बैशाख १० गते काठमाडौंबाट गएर सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले सांसद यादवलाई काठमाडौं ल्याएका थिए। सांसद यादवले दिएको निवेदन आयोगले बुझेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "महेश बस्नेत, सर्बेन्द्र खनाल विरुद्ध सांसद यादव..." A few seconds ago

सम्बन्धित खवर