लक डाउनमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्तीहरु – Satabdi News

लक डाउनमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्तीहरु

बेलबारी। कोभिड-१९ अर्थात काेरोनाभाइरसका कारण अहिले देश लकडाउनमा छ । यस्तो अवस्था मा साइबर अपराधीहरुको बिगबिगी बढ्नसक्ने चिन्ता बैंकहरुलाई थपिएको छ ।

बैंकहरुले आफ्ना सेवाग्राही साइबर अपराधीको निशानामा पर्नसक्ने जोखिमको अन्दाज गरेर सचेत गराइरहेका छन् ।

यस्तोमा अपरिचित कलहरु आउने सक्ने र त्यस्ता व्यक्तिहरुले आफू बैंकको प्रतिनिधि भएको झूठो आश्वासन दिई महत्वपूर्ण तथा संवेदनशील जानकारीहरु हात पार्नसक्ने चेतावनी दिएका उनीहरुले दिइरहेका छन् ।

त्यसैले आफ्नो अनलाइन बैंकिङ पासवर्ड, वान टाइम पासवर्ड (ओटीपी कोड), मोबाइल पीन, एटीएम पीन जस्ता संवेदनशील र गोप्य जानकारीहरु कसैसँग पनि सेयर नगर्नुहोस् ।

बैंकले त्यस्ता संवेदनशील जानकारीहरु सेवाग्राहीबाट कहिल्यै पनि नमाग्ने भएकै कारण त्यस्तो माग आएको खण्डमा जानकारी शेयर नगर्न सेवाग्राहीलाई आह्वान गरिएको हो ।

साथै बैंकले त्यस्ता संवेदनशील जानकारीहरु फोन, भाइबर, ह्वाट्सए एप कल, तथा कुनै पनि अन्य विद्युतीय माध्यमबाट सेयर नगर्न समेत आग्रह गरेका छन् ।

यदि त्यस किसिमका कल तथा म्यासेजहरु आएको खण्डमा बेवास्ता गर्नु नै सबै भन्दा राम्रो उपाय हुनेछ । आफ्नो अकाउन्टमा अस्वभाविक ट्रान्जेक्सन भएको आशंका लाग्ने बित्तिकै सम्बन्धित बैंकको शाखामा फोन सम्पर्क गर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लक डाउनमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग गर्..." A few seconds ago

सम्बन्धित खवर